आमाको सन्देश(कबिता)

Date:

Share post:

मेनुका शर्मा (जिज्ञासु)/स्वर्गद्धारी न.पा.-८,प्यूठान-

छोरा मेरो टाउको काटिदैछ,
तिमी रहन्छौ कसरी..!
छोरी मेरा खुट्टा भाचिदैछन्
तिमी सहन्छौ कसरी ..!!
मलाई कसैले तान्दैछ तलबाट
त्यसलाई तिमीले छेक्नुपर्छ,
मलाई कसैले थिच्दैछ माथिबाट
त्यसलाई तिमीले रोक्नुपर्छ ,
होइन भने मेरो टाउको अर्कैको अधिनमा रहनेछ ,
मेरो सेतै फुलेको कपालमा कसैले जुम्रा छोडिदिनेछ,
तिमी मेरो सन्तान हौँ भने मेरो रक्षा गर,,
तिम्रा दाजुले मलाई तिम्रै जिम्मामा छोडेर गए,
मेरै सुरक्षा गर्दा आफ्नो जीवन बलिदान दिए,
उठ तिमी नत्र दुस्मनले मेरो रगत पिउनेछ,
तिमीले टेक्ने मेरो छाती नरहे तिमी रहन्छौ कसरी…!!

मेरै पसिनाले तिम्रो प्यास मेटिएको छ,
मेरै स्वासले तिमीलाई शितलता दिएको छ,
मेरै ढाडमा बुई चढ्दा तिमीलाई आनन्द भएको छ,
मेरै काधमा टेकेर झण्डा फर्फराउदा तिम्रो शिर उच्च रहेको छ,,
मेरै शिर नरहे तिमी रहन्छौ कसरी..!!

आऊ अब जोगाउ आफ्नी आमालाई पराईले आफ्नो बनाउदैछ,
तिमीले आफ्नै दाजुको बाटो रोज्नुछ,
आफ्नी आमाको अधिकार खोज्नुछ,
आमाकै शिर ढल्दा तिमी सहन्छौ कसरी ..!!
मेरो टाउको काटिदैछ तिमी रहन्छौ कसरी ..!
मेरा खुट्टा भाचिदैछ तिमी सहन्छौ कसरी…!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...