गुलरिया नगरपालिकामा क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण

Date:

Share post:

गुलरिया,बर्दिया –

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १० मा रहेको ने.रा.मा.बि. प्रयासपुर क्वारेन्टाइनमा भारतको मुम्बईबाट आइ बसेका २ जना र भारतको बेङ्लोर बाट आइ वडा नम्बर १ सम्भु शरण मा.बि.,खैरापुर क्वारेन्टाइनमा बसेका मध्ये १ जना ब्यक्तिमा कोरोना पोजेटिभ देखियको छ ।
मुम्बई बाट आएका ती ब्यक्तिहरुको बर्दिया जिल्ला अस्पतालले स्वाब संकलन गरि भेरी अस्पताल नेपालगन्जमा परिक्षणको लागि पठाएको थियो । भेरी अस्पतालमा PCR बिधि द्वारा गरिएको परिक्षण बाट उक्त २ ब्यक्तिमा कोरोना पोजेटिभ रहेको पुष्टि भयको हो ।
बेङ्लोर बाट आएका ब्यक्तिमा भने प्रयासपुर क्वारेन्टाइनमा बसेकै अवस्थामा सामान्य ज्वोरो र खोकी लागे पछि उनलाइ बर्दिया जिल्ला अस्पतालको आइसुलेसनमा राखी स्वाब परिक्षणका लागि भेरी हस्पिटलमा पठाइएको र PCR परीक्षण बाट कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमित तिनै जना ब्यक्ति लाई उपचारका लागि कोरोना बिशेष अस्पताल दाङ पठाइएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले जनकारी दिनुभयको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...