गुलरिया,बर्दिया –
युबा नेता तथा नेकपा बर्दिया जिल्ला सदस्य हरिश देव गौतमले प्रेस संगठन नेपाल बर्दिया अन्तर्गतका पत्रकारहरुलाई माक्स, पन्जा, सेनिटाइजर प्रेस लेखिएको एप्रोन सहितको ४५ थान स्वास्थ सामाग्रीहरु प्रेस संगठन नेपाललाई प्रदान गर्नुभयको छ । उक्त स्वास्थ्य सामाग्री युवा नेता , नेकपा बर्दिया जिल्ला सदस्य तथा बर्दिया जिल्ला अस्पतालका अध्यक्ष अंगद श्रेष्ठको पहलमा युवा नेता गौतमले पत्रकारहरुलाई सुरक्षीत तरिकाले जनतामा सहि सूचना दिन सहयोग पुगोस भन्ने उद्देश्यले प्रदान गर्नुभएको हो ।
युवा नेता गौतमले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्री आजै मिति २०७७ साल जेष्ठ १२ गते प्रेस संगठन नेपाल बर्दियाका संयोजक डिल प्रकाश गौतम को अध्यक्षता एवम केन्द्रिय सदस्य मेनका चौधरी र मान बहादुर चौधरीको उपस्थितिमा बर्दियाका पत्रकार हरुलाइ वितरण गरिएको छ ।