भाई यो दु:खद घडीमा तिमि सङ्ग परिचय भयो । दुई शब्दमा केहि कुराहरु लेख्न मन लाग्यो । सर्ब प्रथम हार्दिक श्रदान्जलि। भाई जुन ठाउमा तिम्ले अन्तिम सास लियौ मैले तेहि ठाउँमा पहिलो सास लियको थिए। त्यसैले जातीयता कुरा गर्न मन लाग्यो।
जुन कुरा लेख्दै छु भोगेको लेख्दै छु। करिब ८ बर्षको थिए होला नेपालगन्ज धम्बोजी नजिक खजुरा रोडमा बुवाको हात समातेर अगाडी बढिरहेका थियौ। एक जना बेक्तिले सम्मानका साथ बुवालाई नमस्कार गर्नु भयो। आफु भन्दा ठुलोलाई सम्मान गर्नु पर्छ। त्यो कुरा बुवाले नै सिकाउनु भएको थियो। मैले नि अगाडि बडेर शिर झुकाएर ढोग गर्न मात्र के लागेको थिए। बुवाले रोक्नु भयो। उहाँलाई मैले हेरे कर्तब्यबिमुख झै देखे मैले केहि बुजिन। पछि बुवाले सम्झाउनु भयो । उ दलित हो छुनु हुदैन। रुकुममै हुदा हाम्रो कपडा सिलाउने मान्छे रे।मेरो मानसपटलमा गहिरो छाप पर्यो । जात पनि ठुलो र सानो हुन्छ भनेर। एक दिन म र मेरो आन्टी को छोरा दाई सङै खजुरा वडा नम्बर १ नजिकैको बस्तीको एक घरमा गएका थियौ। सायद दाईको केहि काम थियो होला। साईकल चलाएर गएकोले होला दाइलाई पानी तिर्खा लगेको थियो। सोहि घरको हाम्रै उमेर को एक जना सङ्ग पानी माग्नु भयो । केहि समय उस्ले हामीलाई हेर्यो। अनि बोल्यो नलका तिर देखाउदै ” हामीले छोएको पानी चल्दैन।” जातीयता को बिभेद हुन्छ यो सस्कार हामिले घर बाटै सिकेका थियौ। पछि समय बित्दै जादा घरमा आमाको सहयोगका लागी एक जना नानी ल्याउनु भयो । जुन दलित थिइन। आमाले कुनै कुराको बन्देज गर्नु भएन नत यो समाजले काटेको कुरा को प्रबाह गर्नु भयो। हाम्रो घरमा उसले छोएको पानी चल्यो। टिका चल्यो तिहारमा दाजु बहिनिको नाता जोडी दिनु भयो। जातीयता मा बिभेद गर्नु हुदैन भन्ने कुरा सिकि सकेका थियौ । आज फेरि यो घटनाले साबित गरि दियो हामिले अझै सस्कार सिकेका रहेनछौ। सायद जातीय बिभेद गर्नु हुदैन भन्ने कुरा सिकेको भए यो घटना घट्ने थिएन।
तिमिले यो समाजलाई जित्न सक्छु भन्ने जुन आट गरेउ त्यो नै सराहनीय छ। तिम्रो रंगिन सपनाको सन्सार सजाउने चहना अपुरै रहयो तर तिमिले हारेका छैनौ भाई जित भएको छ। हार त उनिहरुको भयो जिन्दगी भरी अब कारागार को डन्डी समातेर जिबन यापन गर्ने छन र आफुले गरेको गल्तिको पस्चातापले पिरोलिने छन।