आर्थिक वर्ष २०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड

आर्थिक वर्ष २०७७/७८ को बजेट आज सरकारले सार्वजनिक गरेको छ । १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा पेश गर्नुभयको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका निम्ती सरकारले चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्था तर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ ।
बजेटको स्रोत व्यवस्थापन राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाइने अर्थमन्त्री युबराज खतिवडाले बताउनुभयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close