बर्दिया-
बारबर्दिया नगरपालिकाको पहलमा ५ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय बुटवलले हिजो मिति २०७७साल जेठ १५ गतेका दिन बारबर्दिया नगरपालिका बर्दियालाइ मानव बन्यजन्तु द्वन्द न्यूनीकरण कार्यक्रम अन्तर्गत तारबारको लागि ३५,०००,००(पैतिस लाख) बजेट छुट्याइ खर्छ गर्न अनुमती दिएको जानकारी बारबर्दिया नगरपालिकाका प्रबक्ता दुर्गा बहादुर बि.क. अविरलले जानकारी दिनुभयो।
आज बिहान करिब ८ बजे बारबर्दिया नगरपालिका मेयर दुर्गा बहादुर थारु कबिर, प्रबक्ता दुर्गा बहादुर बि.क. अविरल, वाड नं ८ का वाड अध्यक्ष हरि प्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा , इन्जिनियर, उपभोक्ता, बुद्धिजीवी, भद्रभलाद्मी लगाएतले वाड नंबर ८ मा बर्दिया राष्ट्रिय निकुन्ज अन्तर्गत पर्ने भादा बन उपभोक्ता समिती भित्र रहेको बन्यजन्तुद्वारा अत्यधिक पिडित क्षेत्र थानफेनामा तारबार गर्ने क्षेत्र निरिक्षण गर्नुभएको छ। सो तारबारका लागि उपभोक्ता समिती तत्काल गठन गरि निर्माण कार्य अघि बढाउन मेयर थारुले वाड अध्यक्षलाई अनुरोध समेत गर्नुभयो।
त्यस्तै सो तारजाली बारबेरकालागी भादा बन उपभोक्ता समितिले समेत १,४०,०००(एक लाख चालीस हजार) बराबरको पोल बनाउन सरिया, सिमेन्ट लगाएतको सामाग्री दिएको उपभोक्ताहरुले बताएका छन।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/sl/register?ref=OMM3XK51