मेरा आशाहरु भयभीत र त्रसित छन।हजारौं माइलको यात्रा सुरुवातमै डगमगाउनु परेको जस्तो आभास हुन्छ। वैदेशिक कमाई र केहि बैंकको ऋण करीब ७० लाख लगानी गरि अर्गानिक रेस्टुरेन्ट र फर्म सन्चालन गरेको थिए । सबै राम्रै हुदै आईरहेको थियो। ब्यबसाय झन झन बडाउदै गएको थिए। नेपाल सरकारले लक डाउन समय अवधी बडदै जादा दिन दिनै सम्स्याले पिरोल्न थाल्यो।एकातिर रेस्टुरेन्ट ठप्प अर्को तिर फर्ममा भाको विभिन्न जातका लगभग २ हजार कुखुरा हरुलाई दैनिक ५ हजार दरले दाना दिनु पर्ने। फर्ममा कडकनाथ कुखुराको उत्पादन सुरु भैसकेको छ। उत्पादन गरिएका चल्लाहरु बजार सम्म पुर्यान सकिएको छैन। मासिक 5 लाख कारोबार गर्ने लक्ष्य २० हजारमा सिमित भाको छ।
वैदेशिक रोजगारी बाट फर्किएको केहि समय पछि फेरि परिवार बाट बिदेश जान दबाब आएको थियो। दक्षिण कोरिया कमाई राम्रै हुने भकोले होला।तर आफ्नै देशमा केहि गर्छु भन्ने अठोट लिईसकेको थिए । एकातिर परिवारिक कलह अर्को तिर ब्यबसायमा घाटा कर्मचारी हरुलाई दैनिकी खर्च।म जस्तो मध्यम बर्गिय मान्छे ब्याकप छैन। कर्मचारी, घरपरिवार बैंकको किस्ता , फर्म रेस्टुरेन्ट भाडा र फर्ममा दैनिक बढिरहेका फर्मका बस्तु हरु कसरी पाल्नु। ब्यबसाय राम्रै गरिसकेको म अब राहत को लागी लाईनमा नि बस्न सक्दैन। नत दिन सक्छु।
मनमा अनेकौं कुराहरुले डेरा गरि बसेका छन। कोभिड-१९ भाइरस महामारीको रुप लिई रहेको दक्षिण कोरियाले लक डाउन बिनानै बिमारी को संख्या बडन नदिई बिश्व सामु उदाहरण बन्यो। हाम्रो नेपाल सरकारले बिकल्प बिना लक डाउन गरिदियो। हामी लक डाउन भनेको के हो ? थाहै नपाएका नेपालीहरु अन्योलमा पर्यौ। सरकार लक डाउन भन्दै गयो भाइरस ग्रसित १ को संख्या बाट हजार पुग्यो । जर्मन जस्ता बिकसित देशका स्वास्थ मन्त्रीले कोभिड-१९ कन्ट्रोल गर्न नसक्दा नैतिकताको आधारमा राजीनामा दिन्छन् ।बिडम्बना हाम्रो देशका मन्त्री यहिबेला भ्रष्टाचारमा मुछिएका छ्न। लाखौका संख्यामा भारत लगायत बिश्वमा रोजगार गुमाएका नेपालीहरु सुरुमै ल्याउन पहल गर्नु सरकारको दायित्व हो तर पहल भएन।
कोभिड-१९ का कारण अमेरिका जस्ता देश डगमगाई रहेका बेला हाम्रो देशमा लक डाउनको बिकल्पमा केहि थिएन।फलत नेपालीहरु धैर्य गरेर लक डाउनको पालना गरे तर अलिकती पहुँच हुने हरु पासको आडमा हिडिरहे।मानौ त्यो पास भाइरस प्रतिरोधात्मक ढाल हो।गरिब बेरोजगार परिवारको जिम्मेवारी बारेमा सोच्दै घरमै बस्यो। केसको आधारमा उसले पास पाउने?त्यसैले सिस्टममा परिवर्तन ल्याउनु पर्यो सरकार पहुँच आधारमा गरिने सम्पुर्ण सुबिधा बन्द गर । भ्रष्टाचारको अन्त्य गर।देश बन्न समय लाग्दैन।
ब्यबसाय सुरु गरेको एक बर्षको अन्तरालमा धेरै कुरा सिकायो।रेस्टुरेन्टमा धेरै ठुलो सानका कुरा गर्ने हरुले देकाएको व्यबहार नि देखियो। सहयोगको अपेक्षा गरि गरिएको आर्थिक सहयोगको बदला सहयोग नि देखियो। लक डाउनले मान्छे चिन्न सिकायो।जटिल प्रस्थिती को सामना गर्ने साहस दियो। यो समस्या मेरो मात्र नभई सबै म जस्ता मध्यम बर्गियको हो। समस्या सबका आफ्नै हुन्छन। विश्व आर्थिक संकटमा छ। झन हाम्रो देश…।
अब छिटै भाइरस नियन्त्रण गर्न सकियोस् । अनि सामान्य परस्थितीको सृजना होस शुभकामना ।