नेपाल दलित मुक्ती संगठन बर्दियाले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

बर्दिया –
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वाड नं. ८ सोतिमा यहि जेठ १० गते शनिबारका दिन ६ जनाको मृत्यु हुनेगरि भएको घटनाको बिषयलाई लिएर पिडितलाइ न्याय तथा अपराधीलाई हदैसम्मको कारबाही गर्न नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी बर्दियाले विभिन्न ९ बुदे माग सहित आज जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ।


ज्ञापनपत्रमा भनिएको छ- संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना संगै छुवाछुत मुक्त राष्ट्र घोषणा भएको पनि १२ बर्ष भै १३ बर्षमा प्रबेशगर्दा रुकुम पश्चिमको मानबता बिरोधि जातिय नरसंहार भएको हत्याकाण्डले हामी सबैलाई दुखित तुल्याएको छ भने सो घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र आन्दोलित बनाएको छ।यस अमानवीय, बर्बरतापुर्ण सामुहिक हत्याकाण्डले हाम्रो संगठनलाई स्तब्ध एबम मर्माहत बनाउनुको साथै गम्भीर ध्यानाकर्षण गराएको समेत नेपाल दलित मुक्ति संगठन बर्दियाले उक्त ज्ञापनपत्रमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close