सम्झना तामाङ/काठमाडौं-
तितो लाग्ला तर सत्य हो
मेरो देशमा बाच्नलाई भात भन्दा
समाजमा शिर उठाउन जात ठुलो हो
तितो लाग्ला तर सत्य हो ।
कपडा सिलाउदैमा कोही तामाङ दमाइ हुँदैन
मासु काट्दैमा कोही बाहुन कसाइ हुँदैन
तितो लाग्ला तर सत्य हो ।
मेरो देशमा मायामा ज्यान दिने अनि
बालात्कृतलाई कहिले न्याय हुँदैन
कयौ देखेकी छु मैले मायामा बिचोडिने हरु
धेरै छन रगतका आशु रुनेहरु
माया माया भन्दै तड्पिनेहरु
अनी माया भन्दा जात ठुलो भन्ने स्वार्थीहरु
तितो लाग्ला तर सत्य हो ।
धनवान मानिसहरुको जात हेर्ने गरिदैन
केवल नाम र धन हेर्ने गरिन्छ
मेरो देशमा गरीबिलाई गिज्याउने गरिन्छ
गरीबिको नाम त्यागेर जात पढ्ने गरिन्छ
तितो लाग्ला तर सत्य हो ।