५ हजार १ सय १२ जना नेपालीहरु कतारबाट फर्किने

Date:

Share post:

नेपाली राजदूतावास दोहाले कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जना नेपालीहरुको पहिलो सूची सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९भाइरसको कारणले कतारमा रोकिएका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन लागेको हो ।


राजदूतावासले आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका ,पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका ब्यक्तिहरुलाइ प्राथमिकतामा राखेको छ ।

१६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरुबाट नेपालीहरु नेपाल आउनेछन । टिकटको मूल्य व्यक्ति स्वयंले व्यहोर्नु पर्ने छ भने हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ ।

आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

अनुमतिको प्रक्रिया पूरा भएपछि प्राथमिकतामा परेका यात्रुको नामावलीसहित नामावली प्रकाशित गरि हवाइटिकट खरिद गर्न सूचित गरिने र दूतावासद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
कतारको प्रचलित कानुन अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा भने राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गरि आवश्यक प्रक्रिया पूरा भएपछि मात्र उनीहरुलाई तेसपछिका उडानहरुमा समावेश गरिनेछ ।

हवाई उडान गर्नुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...