शैलेन्द्र बिक्रम बिडारी/एजेन्सी-
जापानको सेन्दाइ सहरको आकाशमा पृथिवी जस्तै सेतो गोलाकार बस्तु देखिएको जापानी सन्चार माध्यमहरुले जनाएका छन ।
सेन्दाइको आकाशमा देखिएको अज्ञात बस्तु के होला ? युअफओ होला कि जस्ता तर्क सहितका पोस्टहरुले इन्टर्नेट तथा सामाजिक सन्जालामा भाइरल भइरहेको पनि समाचारमा जनाएको छ ।
आज जुन १७ तारिख जापानी समय अनुसार बिहान को ७ बजे तिर तारले बाधिएको जस्तो अवस्थाको अज्ञात सेतो गोलाकार बस्तु सेन्दाइको आकशमा देखिएको छ । बिना कुनै हलचल निलो आकशमा बगिरहेको जस्तो देखिएको छ ।
सेन्दाइ सहर मौसम बिभागका अनुसार सरकारी तथा सुरक्षा सम्यन्त्रको तर्फबाट पनि सो बस्तुको बारेमा कुनै जानकारी नआएको बताएको छ ।
मौसम बिभागका अनुसार अबलोकनको लागी प्रयोग गरिने सेतो बेलुन जस्तै देखिने बस्तुको बारेमा बृस्तित अध्ययन भइरेको पनि जापानी समाचार संस्था आशाही सिन्बुनले प्रकाशित गरेको छ ।