नयाँ नक्सा जारी को खुशी मनाउन राष्ट्रपति निवासमा चियापान

काठमाडौं-
भारतले अतिक्रमण गरेको नेपालि भुमी कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित नयाँ नक्सा अनुमोदन र गुमेको भुभागलाइ संबैधानिक मान्यता दिन दलहरुले संविधान संशोधन बिधेयक सर्बसम्मतिले पारित गरेकाले हिजो १० गते बुधबार राष्ट्रपति विद्या देबि भण्डारीद्वारा आफ्नै निवासमा चियापान कार्यक्रम आयोजना गरि सबै दल तथा पुर्ब मन्त्रीहरुलाइ धन्यवाद दिदै भन्नुभयो- बर्षौ देखि हराएको हाम्रो भुभाग समेटेर नयाँ नक्सा जारिभएकोमा मैले तपाईंहरु मार्फत खुशी साट्न चाहे, आगामी दिनमा पनि राष्ट्रिय एजेण्डा र बिपतको घडीमा यसैगरी राष्ट्रिय एकता देखाउनु होला, मेरो शुभकामना छ।

साथै कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर कामगर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, तथा सुरक्षाकर्मीहरुलाइ धन्यबाद समेत ब्यक्त गर्नुभयो भने कोरोना संक्रमित बिरामिको शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभयो।


सो चियापान कार्यक्रममा पुर्ब प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधब कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी, नेताहरु महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगाएत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close