चारकुने तर्बुजाको मुल्य दश हजार


शैलेन्द्र बिक्रम बिडारी/एजेन्सी-
जापानको खागावा शहर स्थित एग्रो फार्मले पहिलो पटक चार्कुने तर्बुजा बिक्रीको लागी तयार गरेको छ । लम्बाई १८ सेन्टिमिटर लामो र लगभाग ८केजी तौल भएको सो तर्बुजा जापानी एन १० हजार पर्ने कृषकहरुले बताएका छन । बाक्लो प्लास्टिकमा राखेर उत्पादन गरिएकोले सो तर्बुजा हलुका मात्रै गुलियो हुने र बिषेशत सजावटको लागी प्रयोग गरिने जनाएका छन । कृषकका अनुशार आउदो जुलाई १५ सम्ममा ४०० देखी ५०० वटा सम्म तर्बुजा बिक्रीको लागि तयार हुने छन ।

फार्मका प्रमुखले तर्बुजा देखाउदै भने ” सबै मान्छेलाई कोरोना भाइरस र गर्मीको समयमा तर्बुजा खादै स्वास्थ भएको हेर्न चाहेका छौ । लगेज जस्तै देखिने चारकुने तर्बुजाको माग, सजावटको लागी जापान भरी बाटै भैरहेको पनि जापानी समाचार संस्था आशाही सिन्बुनको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close