काठमाडौँ — केही दिन देखि सांसदहरू संसद र संसदीय मिटिङहरुका बैठकमा निलो रङ्गको ‘भाइरस रिमुभिङ कार्ड’ लेखिएको कार्ड घाटीमा भिरेर सिंहदरबार र संसद भवन आवतजावत गर्ने गरेका छन । उक्त कार्डले कोरोना लगायत जुनसुकै भाइरस पनि १ मिटर पर नै रोकिने र कार्ड भिरे मास्क पनि लगाउनु नपर्ने उक्त कार्ड बिक्री वितरण गर्नेले दाबी गरेको सांसदहरूले बताउने गरेका छन ।
उक्त कार्ड चिन बाट ल्यायको र चिनमा पनि अफिस र बिद्यालयमा अनिवार्य गरेको कुरा सन्सद भवन अगाडि कार्ड बिक्रीवितरण गर्ने ब्यक्तिले बताउने गरेको सांसदहरुले जानकारी गराए । उक्त कार्ड ७०० देखि ९०० सम्ममा बिक्री बितरण गरिरहेको सांसदहरूले बताएका छन् ।
तर उक्त कार्ड कोरोना प्रतिरोध गर्न सक्ने बारे पुष्ठि नभयको बिज्ञहरुले बताउछन ।