नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गर्नुपर्छ : बामदेव गौतम

काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारतबीचको खुल्ला सीमाना वन्द गरी निःशुल्क प्रवेसाज्ञा प्रणाली लागु गर्नु पर्ने बताउनुभयकोछ ।
गौतमले शनिबारको स्थायी समितिको बैठकमा राख्नुभएको ६ बुँदे धारणा आइतबार सार्वजनिक गरि । दुवै राष्ट्रको हितकालागि दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्ने बताउनुभएको हो ।
गौतमले दुवै छिमेकी राष्ट्रसँंग रहेका नेपालका कुनै पनि समस्याको समाधान शान्ति वार्ताबाट नै गर्नु पर्नेमा जोड दिदै छिमेकी रास्ट्रसित युद्ध गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताउनुभयो ।
महाकालीनदीको एकिकृत विकास सम्वन्धि सन्धि राष्ट्रघाती छ भनेर आवाज उठाउदा ह्यिप उल्लंघन गरेको आरोपमा तत्कालीन एमालेले आफु सहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीबाट अन्यायपुर्ण रुपमा निष्कासन गरिएको तितो यथार्थ स्मरण गराउदै पार्टी विरोधी भनेर लगाइएको आरोप सहित पार्टीबाट निष्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर पार्टीमा निर्णय गर्न माग गर्नुभएको छ ।