कंग्रेसले गर्यो वैवाहिक अंगिकृत नागरिकता तुरुन्तै दिने निर्णय

काठमाण्डौं-
वैवाहिक अंगिकृत नागरिकतामा अहिलेकै कानुनी ब्यबस्था अर्थात बिहेगरी आएकै दिन दिनुपर्ने अडान लिइ नेपाली कंग्रेसको केन्द्रिय कार्यसमितिले निर्णय गरेको छ। प्रतिनिधिसभाको राज्यब्यबस्था तथा सु-शासन समितिले वैवाहिक अंगिकृत नागरिकतामा ७ बर्षको प्राबधान सहित नागरिकता ऎन २०६३ संशोधन सम्बन्धी विधेक बहुमतले पारित भएपछी नेपाली कंग्रेस पार्टिले बिरोध जनाइरहेको छ।


बिदेशी महिलाले नेपाली नागरिकसंग विवाह गरेपछी ती बिदेशी महिलाले पाउने वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी प्रास्तबित संसोधन संबैधानिक र कानुनी ब्यबस्था बिपरित र राजनैतिक, सामाजिक, सांस्कृतिक मान्यता बिपरित भएको कंग्रेस केन्द्रिय कार्य समितिको बैठकले निर्णय गरेको छ भने यस्तो संसोधनका कारण नागरिकता प्राप्तिका बिषयमा थप संबैधानिक, सामाजिक तथा पारिवारिक जटिलता सृजना हुने धेरै सम्भावना हुन्छ समेत भनी उक्त निर्णयमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close