“रुपमा राष्ट्रियताको लेपन लगाइएको भएतापनि सारमा शक्ती संघर्ष नै होकि भन्ने देखिएको छ । आदरणीय कमरेड मनमोहन अधिकारीको भनाइ अनुसार ,”नेता भन्दा निति प्रधान हुन्छ ।” भन्ने भनाइलाई आत्मसात गरेको भए “मेरो गोरुको बार्है टक्का” भन्ने चरित्र चरितार्थ भएको नदेखिनुपर्ने थियो ।” |
नेपालमा टुक्रिएर रहेको बाम घटकलाई एक भयको हेर्ने चाहना राख्ने जनताहरुको अभिलाषाले २०७५ असोज ३ गते पूर्णता पायको थियो । दुई ठुला कम्युनिस्ट पार्टीको एकता पस्चात नेपाली जनतामा जागेको विश्वास र भरोसाको परिणाम २०७४ को आमनिर्वाचन मार्फत अत्याधिक बहुमतकासाथ स्थाई सरकार बनाउन अभिमत दिएका थिय जनताले ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आदरणीय अध्यक्ष द्वये कमरेड केपि ओलि र कमरेड प्रचण्डको नेतृत्वमा सरकारले जनताको जनजिविकाको सवालमा ,भौतिक पुर्वाधार बिकाशमा, दुई छिमेकी देश संगको समान सम्बन्ध कायम गर्न , कोभिड -१९ को व्यवस्थापन र राष्ट्रियताको सवालमा लिपुलेक – लिम्पियाधुरा समेत समाबेश गरियको नक्सा तयार गरी संबैधानिक मान्यता दिने काम साथै अंगीकृत नागरिकताको सम्बन्धमा लिएको रास्ट्रबादी निर्णयका कारण जति नेपाली जनताको माझमा यो सरकारले ख्याती कमायो त्यती नै वाह्य शक्ती चिढिने काम भयो । पक्ष – प्रतिपक्ष हरु एकजुट भइ राष्ट्रियताको सवालमा एकजुट भयर देशको सार्बभौम रक्षार्थ जुट्नुपर्ने ,लडनुपर्नेमा जिम्मेवार नेतागणहरुको बिचमा देखियको शक्तीसंघर्षले ठुलो अपूरणिय क्षती निम्त्याउने त होइन आशंकाको कालो बादल मडारिरहेको महसुस कार्यकर्ता र जनताहरुले गरिरहेकाछन ।
रुपमा राष्ट्रियताको लेपन लगाइएको भएतापनि सारमा शक्ती संघर्ष नै होकि भन्ने देखिएको छ । आदरणीय कमरेड मनमोहन अधिकारीको भनाइ अनुसार ,”नेता भन्दा निति प्रधान हुन्छ ।” भन्ने भनाइलाई आत्मसात गरेको भए “मेरो गोरुको बार्है टक्का” भन्ने चरित्र चरितार्थ भएको नदेखिनुपर्ने थियो । हामी कार्यकर्ता र सुभचिन्तकहरुका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा रहनुभयका सबै नेतागणहरु आदरणीय र सम्माननिय हुनुहुन्छ । जनताको चाहना बमोजिम जिबनस्तर उकास्ने देशलाई सम्पन्न र समृद्धिमा लैजान दिईएको अभिमतको कतै अवमूल्यन त भईरहेको छैन ? सबैमा निराशा जागेको छ !!!
यसर्थ यस्तो बिसम परिस्थितिमा सम्पुर्ण नेतृत्वतहमा रहनुभएका नेतागणहरु सम्यम र धैर्य भई पार्टी एकतालाइ मजबुत बनाउन आग्रह गर्दछु । “सुखी नेपाली समृद्ध नेपाल” को सपनालाइ मुर्तरुप दिन सुढृढ पार्टी र आपसी एकतानै अपरिहार्य हुन्छ । हामिलाइ गर्ब छ हाम्रो नेतृत्व प्रति किनकी सबै आदरणीय नेताहरु बर्सौ देखी आफ्नो ब्यक्तिगत ईच्छाहरुलाइ तिलान्जली दियर जिबनलाइ रास्ट्र र जनताको नाममा न्यौछावर गरेर , जेलनेल र कैयौ त्रासदिपुर्ण समयलाई झेल्दै संघर्षपूर्ण लडाइको परिणाम आजहामी सबैले खुल्ला आकाशमा स्वतन्त्ररुपमा स्वास फेर्न पाएकाछौ । रैती बाट सार्बभौम अधिकार सम्पन्न जनता बन्नकोलागी लामो संघर्ष पस्चात संविधानमा नै नागरिकहरुका हकाधिकार सुनिस्चित गर्न पाएकाछौ । संविधानमा “समाजवाद उन्मुख ” लेखेकाछौ तर समाजबादी ब्यवस्थामा पुग्न अझ धेरै आरोह-अवरोह पार गर्नुपर्ने छ । बिश्व बजारमा देखिएको पुजीवादको बोलवालालाइ चिर्दै , दुई छिमेकी रास्ट्रहरुसंग सुमधुर सम्बन्ध कायम गर्दै ,आउने बिषम चुनौतीहरुलाइ व्यवस्थापन गर्दै यो देशलाइ समृद्ध र नेपाली जनतालाइ सुखी बनाउनुछ । यि सबै सपनाहरुलाइ साकार बनाउन आदरणीय नेताहरुको बिशाल छाती फराकिलो सोच र फलामे एकतामा मात्र सम्भव छ भन्दा अतिशयोक्ती नहोला ।
जनताले दियको अभिमतलाई अपहेलना गरेर अगाडि बढने दुस्साहस गर्यो भने इतिहासले सराप्नेछ हामीलाई । साथै , अहिलेको अवसरलाइ कम्युनिस्टहरुले पुर्ण सदुपयोग गर्न सकेनन भने नेपालको इतिहासमा कम्युनिस्टहरुको कार्यलाइ नकरात्मक कथाको रुपमा चित्रण गरिनेछ र एकादेशमा नेपाल देशमा कम्युनिस्टहरुले शासन गरेका थिए , भन्ने दिन नआउला भन्न सकिदैन ।
मिल्नु र आपसी एकता गर्नुको कुनै विकल्प छैन । पार्टीलाइ टुट्फुट हुन नदिनु नेताहरुलाइ मिल्न बाध्य गराउने भुमिका वा शक्ती कार्यकर्ताहरुमा धेरैनै निर्भर गर्दछ । कार्यकर्ताहरु अति सम्यम्यित भइ, परिस्थितिको वस्तुगत ढंगले सूक्ष्म विस्लेषण गरेर मात्र आफ्ना अभिमतहरु जाहेर गर्नुपर्छ पार्टी कठिन अवस्थामा रहेको बेलामा । संगठनमा ब्यक्ति सधै गौण हुन्छ , संगठन प्रधान रहन्छ । यदि ब्यक्तिलाई प्रधान ठान्यौ वा ब्यक्तिले आफुलाइ संघठन भन्दा प्रधान ठान्यो भने यस्ता समस्या पार्टिमा देखिनै रहन्छ । यस संघिन घडिमा हामी कार्यकर्ताहरु विभाजित नभई पार्टी नेतृत्वलाइ एक हुन नैतिक दबाब सिर्जना गर्नुपर्दछ । यसर्थ , आउनुहोस हामी सबै मिलौ र पार्ट!नेतृत्वलाइ एक हुन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गौरवशाली इतिहासलाई ध्वस्त हुनबाट बचाउन एकमुष्ट अनुरोध गरौ । म पनि अनुरोध गर्दछु ।
म अनुरोध गर्दछु हाम्रा आदरणीय नेतागणहरु सङ्ग ,जनताले दियको अभिमतको सम्मान गरौ ,पार्टीलै टुट- फुटको स्थितमा नलैजाउ अन्यथा पाप लाग्नेछ हामी कार्यकर्ताहरुको अनि सदैव धिक्कार्नेछ इतिहासले साथै आउने भावि पुस्ताले ।
अंगद श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सदस्य एवं जिल्ला अस्पताल बर्दियाका अध्यक्ष हुनुहुन्छ ।