सुर्खेत/शैलेन्द्र बिक्रम बिडारी-
कोरोना भाइरस को माहामरी नसकिदै सलहा किराको प्रकोप भारत हुँदै नेपालमा पनि देखिएको छ । ठुलो संख्यामा झुन्ड बनाएर आउने सलह किराले खेतिपाती र बालिनाली सखाप हुने गरी खाइदिने गरेका छन ।
गएको श्रावण १ गते सलह किरा कर्णाली प्रदेशको बिभिन्न जिल्लाका बिभिन्न स्थानहरुमा प्रबेश गरेसंगै सो क्षेत्रामा सजग हुन अपिल गरिएको छ ।

सुर्खेत जिल्लाको लेकवेशी नगरपालिकाका प्रमुख गगन सिंह सुनारले एक बक्तब्य जारी गर्दै सम्पूर्ण नगरबासीहरुमा सलह किराको आतंक प्रती सगज रहनका साथै सलह भगाउन ढ्याङ्रो ठटाउने, धुवा लगाउने लगाएत उपायका कार्य गर्न अपिल गर्नुभएको छ भने कसैले सलह किरा मारेर ल्यायमा नगरपालिकाले २५ रुपैया किलो खरिद गर्ने समेत उक्त बिज्ञपतिमा जनाइएको छ ।
मेयर सुनारले कोरोना भाइरसका माहामरीका बिचमा फेरी सलह किराको आतंक सुरु भएको र सलह किराले सम्पूर्ण खेतिपाती र बालिनाली नै सखाप पार्न सक्ने सम्भावना लाई कमगर्न सलह मारेर ल्याउने किसान सङ्ग सलह खरिद गर्न लागिएको बताउनु भयो।