Trending

“मेरो गोरुको बाह्रै टक्का” भन्ने भावना बाट माथी उठौ

अंगद श्रेष्ठ


राणा हरुको एकतन्त्रिय शासनले जनतामा गरेको अन्याय, अत्याचार, शोषण र दमनको विरुद्धमा साथै जनताको मौलिक हक स्थापनार्थ देशमा चलिरहेको विभिन्न आन्दोलनले स्थापित गर्न हम्मे परेको अवस्थामा जनताको मुक्तिको लागि , सर्वहाराको शासन स्थापित गर्न का खातिर कम्युनिष्ट पार्टी स्थापना गर्न आवश्यक देखिएकोले विक्रम सम्वत् २००६ साल बैशाख १० गते आदरणीय कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा कमरेड निरन्जन बैद्य, कमरेड नरबहादुर कर्माचार्य, कमरेड नारायण विलास जोशी र कमरेड दुर्गादेवी श्रेष्ठ रहेको कमिटी गठन गरी नेपालमा कम्युनिष्ट पार्टीको गठन भएको थियो । वि.सं.२००६ साल देखि जनताको माझमा बसी जनताको मुक्तिको लागि क्रान्तीको शंखघोष गरी समाजवाद हुंदै साम्यवादको लक्ष्य प्राप्तीको लागि निरन्तर संघर्षरत रहे हाम्रा अग्रजहरु । अग्रजहरुको त्यागपूर्ण जीवनशैली, समर्पण जनताप्रतिको र स्वाधिन सार्वभौमसम्पन्न राष्ट्रको निर्माणको लागि हजारौ शहिदहरुले जीवन उत्सर्ग गरे, लाखौ कार्यकर्ताहरुले आफ्ना रगतपसिनाले सिर्जीत गरे आजको सत्तामा आसिन भएको कम्युनिष्ट पार्टीलाई स्थापीत गर्नका लागि ।

समयको कालचक्र संगै विभिन्न समयमा नेपालमा रहेका कम्युनिष्ट पार्टीहरु जुट्दै, टुक्रिदै फेरी जुटदै गणतन्त्र, समाजबाद हुँदै साम्यवाद प्राप्त गरी जनताको हक स्थापित गर्न र नेपालको सार्वभौम अविछिन्न राख्न निरन्तर आफ्नो जीवनको पर्वाह नगरी कठिन संघर्षको यात्रामा जुधिरहे हाम्रा अग्रजहरु । पटक–पटक कम्युनिष्ट पार्टी जुटे–फुटे त्यसको खासै प्रभाव कम्युनिष्ट आन्दोलनमा परेको देखिएन । तर, वि.सं.२०४७ साल पौष २२ गते तत्कालीन माले र माक्र्सवादी पार्टीवीच भएको महत्वपूर्ण पार्टी एकताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा नेपालको राजनीतिमा एउटा नयाँ शक्तिको उदय भयो । जसले पन्चायती शासनलाई कडा टक्कर दिन सफल भयो । त्यसरी नै २०५२ फाल्गुन २ गते देखि जनविद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (माके) ले पनि आफ्नो वर्चस्व कायम गर्न सफल भयो । जनताको चाहाना, समयको माग बमोजिम वि.सं.२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रसंग ऐतिहासिक पार्टी एकता भयो । दुई पार्टीको ऐतिहासीक एकतामा धेरै नेताहरुको योगदान छ तर विशेष गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको सुत्रधारको रुपमा कमरेड बामदेव गौतमको नाम अग्ररुपमा आउने गर्दछ ।यो ऐतिहासीक एकताको परिणाम आज विश्वमा कम्युनिष्टहरु लाई धक्का खानुपरेको अवस्थामा पनि नेपालमा झण्डै दुई तिहाईको नजिक पुग्ने गरी जनताले अभिमत दिएका छन सरकार सन्चालनका लागि । तर, विडम्वना आज देशको ठूलो पार्टीको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र किचलो देखिएको छ । जनताको मतको अपमान त हुने होईन भन्ने चिन्ताबाट ग्रसित छन कार्यकर्ता र शुभचिन्तकहरु । जनताहरु दुखि छन यस अर्थमा की सर्वहाराको अधिनायकत्व स्थापना गर्न दिएको मत वर्गीय लडाईबाट टाढा गएको छ । जातीय, क्षेत्रिय लडाईमा अल्झिएको छ कम्युनिष्ट आन्दोलन । विश्वास गरिएका नेताहरु नवधनाध्यमा परिणत हुँदैछन । शक्ति संघर्षमा अल्झिएका छन विकास र जनताको समस्याहरु लाई थाती राखेर ।
साम्राज्यवादी, विस्तारवादीहरु नेपालको कम्युनिष्ट आन्दोलनलाई निर्मम तरिकाले निमोठन अँध्यारा कोठामा बसेर योजना बुनिरहेका छन । जानीनजानी हाम्रा परिवर्तनका संवाहकहरु तीनका जालोमा परिरहेको भान भईरहेको छ । रुपमा देख्दा राष्ट्रवाद चक्रोरुपमा देखिएको छ भने सारमा शक्ति संघर्ष नै हो भन्दा दुई मत नहोला । आदरणीय अग्रज, धेरै स्थापित कम्युनिष्ट नेताहरुका गुरु कमरेड मोहन विक्रम सिंहले भन्नु भाको याद आउछ,“कम्युनिष्ट नेताहरुको लडाई रुपमा सैद्धान्तिक भएपनि सारमा त्यो व्यक्तिको अहँकार र स्वार्थको लडाई हुन्छ ।” के अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको द्वन्द्वलाई कमरेड सिंहकै भनाईमा बुझ्दा उचित हुन्छ त रु यदी हुदैन भने किन रु यसको चित्त बुझ्दो जवाफ कार्यकर्ताले पाउने अधिकार राख्छन कि राख्दैनन् रु
यो देशमा नेपाली कँग्रेस नामको राष्ट्रिय पार्टी पनि छ । जसले आफुलाई प्रजातन्त्रको हिमायती र मसिहा नै ठान्दछ । त्यो पार्टीले २०४८ साल देखि २०७४ चैत्र सम्म शासनको वागडोर सम्हालि रह्यो । आज प्रतिपक्षको भूमिकामा संसदमा उपस्थित छ । यति लामो सत्ता सन्चालनको अनुभव भएको राष्ट्रिय पार्टीले आफ्नो भूमिकाको गहनता नबुझ्दा र सशक्त भूमिकामा नदेखिदा उसको साखमा ह्रास त आएको छ नै सत्तासिन पार्टीलाई खवरदारी गर्न र लिकबाट बाहिर जान नदिन जुन भुमिका खेल्नु पथ्र्यो त्याहाँ पनि चुकेको देखिन्छ । देशको यी दुवै पार्टीमा राष्ट्रिय चिन्तन भन्दापनि व्यक्तिगत स्वार्थमा बढी लिप्त भएको होकी भन्ने चिन्तन जनतामा देखिएको छ । नेपाली कँग्रेसले कम्युनिष्ट पार्टीको सरकारलाई ऋणात्मक ढुकुटी सहितको सत्ता हस्तानतरण गरेको थियो । कम्युनिष्ट पार्टीको सरकारले विकासको लागि योजनाहरु तर्जुमा गरी, नीतिनियमहरु तयार गरेर लयवद्ध तरिकाले कार्य गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ऋणात्मक ढुकुटीका साथ सत्ता सन्चालन गरेपनि अहिले तीनै तहका सरकारले जनताको जनजिवीका का सवालमा, बाटाघाटा निर्माण लगायत कृषि र अन्य उत्पादनको क्षेत्रमा ल्याएको अनुदान कार्यक्रम र विकासको अवधारणाले कैयौं गुना प्रतिफल प्राप्त भएको छ । वर्षौ देखि भारतसंग मात्र निर्भर भएको नेपाललाई चीनसंग पनि दौत्य सम्वन्ध कायमगरी दुवै छिमेकीमुलुक संग समव्यवहार र सम्वन्ध कायम गर्न यो सरकार सफल भएको छ भने कैंयौ दिर्घकालीन सन्धिहरु चीनसंग गर्न सफल भएको छ यो सरकार । फेरीपनि प्राप्त उपलव्धिहरुको प्रचार–प्रसार गर्न चुकेको छ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सडकमा पोखिने गरी देखिएको विवादले पार्टीको गरिमा र तमाम कार्यकर्ता र शुभचिन्तकहरुको मन रुवाएको छ ।।
पहिलो संविधान सभाले देशलाई संविधान नदिन सकेपनि दोस्रो सभाले २०७२ असोज ०३ गते “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तत्ता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै; राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपुर्ण ईतिहासलाई स्मरण एवं शहीदहरु तथा वेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै” आदि ईत्यादि अधिकार र राष्ट्र निर्माणका लागि प्रतिवद्धता जाहेर गर्दै देशले अति सकसपूर्ण अवस्थामा पनि नेपालको संविधान प्रकाशित गर्न सफल भयो ।
नेपालको संविधान २०७२ प्रकाशित गर्दा प्रधानमन्त्री शुसिल कोईराला, वर्तमान सम्माननीय प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो । नेपालको संविधानले नागरिकका धेरै अधिकारहरुलाई सुनिश्चितता गरेको छ भने यस संविधानको खास सुन्दरता भनेको प्रस्तावनाको पाँचौ प्याराग्राफमा “समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने र संविधानको भाग १ प्रारम्भिकको धारा ४ मा समाजवाद उन्मुख लेखिनु नै हो ।
यति त्याग, संघर्ष, बलिदानबाट प्राप्त नेपालको संविधानले प्रदत्त गरेको उदेश्यलाई प्राप्त गर्न पाएको अधिकारलाई सदुपयोग नगरी शक्ति संघर्षमा खर्चिनुले जुन “जोगी आएपनि कानै चिरेको”े भन्ने उक्ति चरितार्थ भएको होकी भन्ने भ्रम जनताको माझमा सृजना भईरहेको छ । जनता चाहान्छन की उसका आधारभूत आवश्यकता, जनजीवनका सवालमा सरलता, नेपालको संविधानले निर्दिष्ट गरेको मौलिक हक अनुसारका अधिकार प्राप्तिमा सुनिश्चितता । जनताको जीवनसंग सिधै जोडीने सवालबाट विमुख भई जनताले जनताको लागि स्थापित गरेको कम्युनिष्ट सरकारले जनताकै लागि भन्दा आफ्नो सत्ता टिकाउन वा सत्तामा पुग्न गरेको विवादले तमाम कम्युनिष्ट पार्टीका कार्यकर्ता लगायत जनता जनार्दनमा पनि एकखाले निराशा छाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) को वीच वि.संं.२०७५ जेठ ३ गते ऐतिहासीक एकता भएको थियो । २०७५ जेठ ३ गते सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठकबाट अन्तरिम विधान–२०७५ पारित गरिएको थियो । उक्त विधानको प्रस्तावनाको चौथो प्याराग्राफमा, “जनताको बहुदलीय जनवाद अवलम्वन गर्दै आएको नेकपा (एमाले) र माओवाद एवम् २१ औं शताब्दीको जनवाद अवलम्वन गर्दै आएको नेकपा (माओवादी केन्द्र) बीचको एकताबाट निर्मित यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरुद्वारा सरकार सन्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिवद्ध छ ।” पाँचौ प्याराग्राफमा “यस पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । जनताको बहुदलीय जनवाद,एक्काइसौं शताव्दीको जनवाद र माओवादका सम्वन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कषर््ामा पुगिनेछ ।” त्यस्तै, छैठौं प्याराग्राफमा, “यो जनआधारित कार्यकर्ता पार्टी हो । पार्टीका सबै सदस्यहरु समान हुनेछन । पार्टीको सार्वभौम अधिकार सदस्यहरुमा निहित रहनेछ । पार्टीका सिद्धान्त, कार्यक्रम र नीतिहरुको निर्माण तथा सबै तहका कमिटी सदस्यहरुको सन्चालन जनवादी केन्द्रीयताको संगठानात्मक सिद्धान्तका आधारमा गरिनेछ । पार्टीले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्र्रीकृत नेतृत्व र विकेन्द्रीत एवम् शृङ्खलावद्ध कमिटी प्रणाली अवलम्वन गर्नेछ । ” प्रस्तावनामा लेखिएका कुराहरुको मर्मलाई आत्मसाथ गरिएको भए वा गहन अध्ययन गरेको विषयमा हेक्का राखेको भए निश्चितरुपले अहिले पार्टी भित्र देखिएको किचलोमा नेताहरु र कार्यकर्ताहरुकोवीचमा यस्ता खाले अस्वथ क्रियाकलाप हुने थिएन होला भन्ने लाग्दछ ।

विधानको अध्याय तीनको धारा १६मा केन्द्रीय निकायहरु अन्र्तगत उपधरा (क) १ मा “एकताको राष्ट्रिय महाधिवेशन” लेखिएको छ । धारा १७ को “एकताको राष्ट्रिय महाधिवेशन” को उपधारा (ख) देखि (ङ) सम्मको हरफमा एकताको महाधिवेशनलाई जोड दिएको छ । त्यसैगरी, धारा १८ केन्द्रीय कमिटी को उपधारा (क) देखि (घ) सम्म एकताको राष्ट्रिय महाधिवेशनलाई नै जोड दिएको छ । धारा–१८ को उपधारा (घ) १ मा, “दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय केन्द्रीय कमिटी” भनी उल्लेखित गरिएको छ ।

      पार्टीको एकिकरण पश्चात जुन गतिमा दुवै पार्टीका जनवर्गिय संगठनहरुको एकता हुनु पर्ने हो त्यो कार्यमा तदारुकता देखिएको छैन र एकता गराईसकिएका संगठनहरुको पनि तल्लो निकायसम्म एकता नगरिएकोले कार्यकर्ताहरुको वीचमा देखिनु पर्ने एकता र अन्तरघुलनमा आउनु पर्ने प्रगाढतामा कमि देखिएको छ । जसलेगर्दा, पार्टीले जुन गति लिनु पर्ने हो लिन सकेको छैन र कम्युनिष्टको सरकारले गरेको अत्यन्त राम्रा कामहरुको जसपनि सरकारले पाउन नसकेको यथार्थ सबै सामु छर्लङ्गै छ । “पार्टीले सामुहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्र्रीकृत नेतृत्व र विकेन्द्रीत एवम् शृङ्खलावद्ध कमिटी प्रणाली अवलम्वन गर्नेछ ।” भन्ने भावनालाई केन्द्रीय नेतृत्वले व्यवहारमा उतार्न कँजुस्याई गरेको कारणले केन्द्रदेखी तल्लो निकाय सम्म अनुशासनहिनताको कार्यले प्रसय पाएको देखिन्छ । विकास तल्लो सोपानबाट माथि जाने साथै अनुशासन र संस्कार माथिल्लो सोपानबाट तल आउने भएको सत्य सबैलाई विदितै छ ।

      तथापी, अन्तरिम विधान २०७५को अध्याय बाह्रको धारा–५६ को उपधारा (क) १,३ र ५ मा उल्लेखित नियमहरु माथी देखि तलसम्म पालना नगरेको देखिन्छ । सम्माननीय प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्रीत्व र आदरणीय अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा कोभिड १९ जस्तो महामारी रोगलाई सिमित स्रोत र साधनले व्यवस्थापन गर्नु, बाढी र पहिरोले आक्रान्त पारेका जनताहरुलाई तत्काल राहत पु¥याउनु साथै आज सम्म ओझेलमा परेको लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपालको नक्शामा समावेश गरी संसदमा उपस्थित सम्पूर्ण पार्टीहरुलाई राष्ट्रियताको सवालमा एकढिक्का बनाई सर्वसम्मतबाट नक्शा पास गर्नु ऐतिहासीक काम भएको छ ।

      विडम्वना, प्राप्त उपलव्धिहरु लाई ओझेलमा पार्ने गरी पार्टी भित्र दुई समुहको वीचमा शक्ति संघर्ष मज्जैले देखिएको छ । परिणामतह ,सम्माननीय प्रधानमन्त्रीको राजीनामा प्रकरणले पार्टीको गरिमा र एकतालाई नै खलल पु¥याउने होकी भन्ने त्रास नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई माया गर्ने समस्त कार्यकर्ता र शुभचिन्तकहरुमा परेकोछ । विधानतह एकताको राष्ट्रिय महाधिवेशन नहुन्जेलसम्मका लागि दुई अध्यक्ष मध्ये कुनै एकलाई राजिनामा दिन लगाउनु वा अपदस्त गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को भावनाको विरुद्ध हुन जान्छ र राजिनामाको रटान एकताको वाधक बन्ने छ र ऐतिहासीक भुल बन्न सक्छ । यसर्थ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष, केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख आदरणीय कमरेड बामदेव गौतमले १३ साउन, २०७७ मा पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेको ६ वटा बुँदाहरु विग्रहबाट निकास निकाल्न जति महत्वपूर्ण छन  त्यति नै प्रस्तावको दफा १ र २ मा उल्लेखित बुँदाहरु अत्यन्तै सान्दर्भिक र उपयुक्त रहेका छन ।

      “मेरो गोरुको बाह्रै टक्का” भन्ने कथनबाट बाहिर निक्लेर म म भन्ने भावनाबाट प्रेरित भई हाम्रा आदरणीय नेताहरुले आ–आफ्ना अडानमा पुर्नविचार गर्नु भयो भने अवश्य हामी कार्यकर्ता र शुभचिन्तकहरु हर्षित हुने मौका पाउने थियौ ।

      विगत देखि आगत सम्म कम्युनिष्ट पार्टीको छविलाई उच्च राख्न, व्यक्तिगत स्वार्थ भन्दा माथीउठी पार्टीगत स्वार्थमा हिडने आदरणीय कमरेड बामदेव गौतमप्रति आभार व्यक्त गर्न चाहान्छु । जसलाई मैले जुनदिन देखि चिने त्यो बेला देखि नै उँहाको पार्टीप्रतिको लगाव, ईमान्दारीता, कर्तव्यपरायणता, लगनशिलता, क्षमाशिलता, धैर्यता, संयमता, र पार्टीको गरिमा र प्रतिष्ठालाई उँचाईमा राख्न आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर त्याग गर्नु भएको छ । यसर्थ,म उँहाको सबै प्रकारका असल व्यहोरालाई आत्मसाथ गर्दै हिडे आजपर्यन्त पनि उँहाको पदचापलाई पछ्याई रहेको छु । यद्यपी, कमरेड बामदेव मेरा लागि जती आदर्श र प्रेरणाको स्रोत हुनुहुन्छ त्यती नै हाम्रो पार्टीका शिर्षस्थ नेताहरु आदरणीय र सम्माननीय हुनुहुन्छ र रहनु हुनेछ । 

      सदैव पार्टी एकतालाई अक्षुण्ण राख्न तत्पर, राष्ट्रियताको सवालमा अडिग, पार्टीको राजनैतीक प्रतिवेदन देखि घोषणा पत्र लेखनमा दक्ष ,दूरगामी सोच र विकासको एजेण्डा बोकेर हिडन सक्ने निडर र सदा सतिसाल झै ठिङ्ग उभिन सक्ने नेता फेरी एकपटक आफ्नो व्यक्तिगत स्वार्थलाई तिलान्जली दिएर, पार्टी भित्रैबाट गरिएको अन्र्तघात, विश्वासघात र अपमानलाई घुटुक्क निलिदिएर पार्टीको एकतालाई अक्षुण्ण राख्न, पार्टीको गरिमा र प्रतिष्ठालाई जोगाउन, जनताको नजरबाट कम्युनिष्टहरुको सम्मानलाई बँचाउन र राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) को छविलाई उच्च राख्न जुन विद्वता देखाउनु भएको छ त्यस सोचँ प्रति हार्दिक सम्मान व्यक्त गर्न चाहान्छु । जय नेकपा ।

अंगद श्रेष्ठ
जिल्ला कमिटी सदस्य
विभागीय प्रमुख (यूवा तथा खेलकुद विभाग)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा),बर्दिया
अध्यक्ष (बर्दिया अस्पताल बिकास समिती,गुलरिया)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close