राखेपले गर्यो खेल बिज्ञ र प्राबिधिक लगाएत ६ सदस्य मनोनित

काठमाडौं –
युबा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले राष्ट्रिय खेलकुद परिषद(राखेप)को बोर्डमा खेल बिज्ञ र प्राबिधिकका रुपमा ६ सदस्य मनोनित गर्नुभएको छ। खेल बिज्ञ र प्राबिधिकहरु सदस्य नियुक्ति हुनेमा रिमा रानाभाट, इन्दिरा निरौला, अर्जुन के.सी., सम्पन्न श्रेष्ठ, सुबास श्रेष्ठ र गोविन्द प्रसाद भट्टराई छन।

राखेप सदस्यमा नवनियुक्ती पाएका २ जना रानाभाट र निरौला मन्त्रालयद्वारा गठन गरिएको सदस्य सचिब सिफारिस समितिका सदस्य समेत थिए भने राष्ट्रिय खेल संघबाट सिफारिस गरियका ४ जना मध्ये के.सी. नेपाल बक्सिङ संघका उपाध्यक्ष तथा पुर्ब राखेप बोर्ड सदस्य हुन। त्येस्तै सम्पन्न नेपाल युबा थाइ संघका कोषाध्यक्ष हुन भने सुवास नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष र भट्टराई उच्च पर्बतिय खेलकुद महासंघका अध्यक्ष हुन।

खेलकुद बिकास ऐन २०७७ अनुसार राखेप बोर्डमा ३७ सदस्य रहनेछन तथा बोर्डको अध्यक्ष खेलकुद मन्त्री नै रहनेछन भने युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिबमा रमेश कुमार सिलवाल लाई यस अघिनै नियुक्ति गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close