श्रम तथा रोजगार कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलमाथी कुटपिट

बिराटनगर –
भ्रष्टाचारको बिरोधमा खरो उत्रिने श्रम तथा रोजगार कार्यालय बिराटनगरका प्रमुख प्रेम प्रसाद सन्जेल शनिबार बिहान करिब ११ बजेतिर आफ्नै कार्यकक्षमा आफ्नै कार्यालयका कार्यलयसहयोगी महिला कर्मचारिबाट कुटिनु भएको छ।

शनिबार तथा सार्बजनिक बिदाका दिन समेत सेवाग्राहीको काम गर्दै आएका कार्यालय प्रमुख सन्जेललाइ उनी कार्यरत कार्यालयकै कार्यलय सहयोगी पदमा करारमा नियुक्ति भएका दुई महिला कर्मचारी मेनुका सापकोटा र नेत्र भट्टराईले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खडका ले बताउनु भयो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडकाका अनुसार कामको खटन पटनको बिषयमा विवाद भएका कारण ती महिला कर्मचारीहरुले सन्जेलमाथी हातपात गरेको र दुबै पक्षलाई कार्यालयमा बोलाएर छलफल गरिएको तथा बाँकी बिषयमा अनुसन्धान भैरहेको छ।साथै सन्जेललाइ कुट पिटबाट ओठ, अनुहार र हातमा चोट लागेको समेत बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close