बर्दिया-
जिल्ला कोभिड-१९संकट ब्यबस्थापन केन्द्र बर्दियाको यहि श्रावण २२ गते बसेको बैठकले आज श्रावण २५ गते बिहान ६ बजेदेखी श्रावण २९ गते मध्यरात सम्मको लागि बर्दिया जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। साथै उक्त निषेधाज्ञा अबधिभर सरकारी, गैर सरकारी, बैंक तथा बित्तीय संस्थाहरू सबै बन्द रहने समेत जनाइएको छ।

आज देखि हुने निषेधाज्ञा भरिको अबधिमा औषधि उपचार, खाद्यबस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन तथा निस्कनै परेमा सामाजिक दुरी कायम राख्ने र माक्स अनिवार्य लगाउने अन्यथा कानुन बमोजिम कारबाही हुने समेत बताइएको छ। त्यस्तै अनुमती प्राप्त सवारी साधनहरु, लामोदुरिको मालबाहक साधनहरु, झण्डावाला सवारीसाधनहरु, निलो प्लेटका सवारीसाधनहरु, स्वास्थ्यकर्मी, सुरक्षानिकायले प्रयोग गर्ने साधनहरु बाहेक अन्य सबै किसिमका साधनहरुलाइ पुर्णरुपले निषेध गरिएको छ।
