बर्दिया-
निरन्तर वर्षाका कारण कर्णाली नदि चिसापानीको बाढी मापन केन्द्रमा जलसतह आज बिहान १२ बजेर ५ मिनेटमा सतर्कतातह नजिकै पुगेको र बढ्दो क्रममा रहेकाले कर्णाली नदि तथा साना सहायक नदिहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा जान जिल्ला बिपद् व्यबस्थापन समिति बर्दियाले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्र गुलरिया, बर्दियाले पत्रनै काटि कर्णाली नदि, साना सहायक नदिहरुको तटीय क्षेत्र तथा होचो र डुबान क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै नदिमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्न नगराउन समेत भनेको छ। साथै बाढी सम्बन्धी जानकारीकालागि जिल्ला आपतकालीन कार्य सन्चालन केन्द्र गुलरियाको फोन नम्बर ०८४४२०९९९ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।