भेरी बबई डाइभर्सन जलबिद्युतले प्रभावित क्षेत्रलाई शेयर नदिएकोमा चिन्तित भयौं- नेकपा बर्दिया जिल्ला ईन्चार्ज ज्ञवाली

Date:

Share post:

काठमाडौं-
प्रस्तावित भेरी बबई डाइभर्सन जलबिद्युत कम्पनि लिमिटेडले प्रभावित क्षेत्र बर्दिया र बांके जिल्लाका स्थानिय बासिन्दालाई शेयर नदिएकोमा आफु लगायत सरोकारवाला चिन्तित भएकोकुरा नेकपा केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज लक्ष्मण ज्ञवालीले खोजनेपाल न्युज सँग बताउनुभयो ।


नेकपा केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज ज्ञवालीले बर्दिया जिल्लाका बिभिन्न जल उपभोक्ता समुह, पार्टी कार्यकर्ता, बुध्दिजिबी, पत्रकार लगायत सबैले सरकार समक्ष बर्दिया बांकेको अधिकार नखोस्न माग राखेको समेत बताउनुभयो।त्यस्तै नेकपा केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज ज्ञवालीले उक्त भावनाको प्रतिनिधित्व गर्दै हामी केही साथीहरु र जनप्रतिनिधिले ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय उपाध्यक्ष बामदेव गौतम, प्रधानमन्त्रीका द्वय राजनीतिक सल्लाहकार बिष्णु रिमाल र बिदेश मामिला सल्लाहकार राजन भट्टराई लगायतसंगको संयुक्त छलफल भएको तथा छलफलमा बर्दिया बांकेका प्रभावित स्थानियको भावनाको कदर गरिने र शेयर बांडफांड गर्न पहल गरिने प्रतिबद्धता ५ नंबर प्रदेशका मुख्यमन्त्री पोखरेलले जनाएको पनि बताउनुभयो।


त्यस्तै नेकपा केन्द्रीय उपाध्यक्ष गौतमले बर्दियाले मलाई अन्याय गरेपनि म बर्दिया र बांकेका जनताको हितमा लडेर उक्त शेयर बांडफांडको काम गराएरै छाड्छु भन्नुभयो भने प्रधानमन्त्रीका सल्लाहकार रिमाल र भट्टराई द्वयले पनि हाल कोरोना भाइरसका कारण प्रधानमन्त्रीलाई भेटेर छलफल गर्ने परिस्थिति नभएपनि उहाँलाई यो माग जानकारी गराउने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...