बर्दियामा पुनः थपियो निषेधाज्ञा

Date:

Share post:

बर्दिया-


आज श्रावण २९ गते बसेको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र बर्दियाको बैठकद्वारा ३ दिन पुन: निषेधाज्ञा थप गरिएको सूचना जिल्ला प्रशासन कार्यालय गुलरिया बर्दियाले जारी गरेको छ।
उक्त जारी निषेधाज्ञामा आज मध्यरातिबाट सकिने भनिएको निषेधाज्ञा बर्दिया जिल्लाको सिमाक्षेत्र जोडिएका भारतका जिल्लाहरु, छिमेकी जिल्ला बाँके नेपालगन्जमा कोभिड- १९ को संक्रमणको दर बढिरहेकाले सो जिल्लाहरुबाट यस जिल्ला समेत संक्रमणको उच्च जोखिम कायमै रहेको बताइएको छ भने निषेधाज्ञाको अबधिमा PCR परिक्षणलाई तिब्रता दिएकोमा समुदायस्तरमा केही ब्यक्तिहरुमा संक्रमण देखिएकोले संक्रमणको जोखिमलाइ नियन्त्रणमा ल्याउनको लागि श्रावण ३२ गते मध्यरातसम्म निषेधाज्ञा थप गर्नपरेको उल्लेख गरिएको छ।

त्यस्तै सुचनामा निषेधाज्ञा अबधिभर औषधि उपचार, खाद्यबस्तु खरिद जस्ता अत्यावश्यक काममा मक्स लगाएर र सामाजिक दुरि कायम गरेरमात्र निस्कन अन्यथा कुनै पनि ब्यक्ति घरबाहिर ननिस्कन भनिएको छ। तथा अनुमती प्राप्त सवारी साधन, झण्डावाला, निलो प्लेटका, स्वास्थ्यकर्मी, सुरक्षा निकाएले प्रयोग गर्ने, लामो दुरिका मालबाहक सवारीसाधन, दम्कल, एम्बुलेन्स, शववाहन, तरकारी फलफुल बाहेक सबै सवारी साधन निषेध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...