मन्त्रालयको दलाली प्रवृत्ति र निरीह जनता! के यसैका लागी हो गणतन्त्र ल्याएको ….?

Date:

Share post:


हाल कोरोनाले विश्व थलिएको बेलामा नेपाल पनि अछुतो रहन सकेन। यता बिगत ४,५ महिना देखि कहिले लकडाउन त कहिले निषेधाज्ञाको मारमा छन नेपाली जनता र भोकभोकै मर्ने अबस्था आएको छ भने उता सरकार राहतको प्याकेज ल्याएर जनता लाई रोग, भोक र शोक बाट बचाउनु पर्नेमा कमिसन र घुसमा तल्लिन छ।कहिले औषधि खरिदको नाममा भ्रष्टाचार गर्न गराउन तल्लीन रहेको समाचार सुन्नमा आउँछ भने कहिले राहत बितरणमा। कति सहि कति गलत त्यो त छानबिन समिति र अख्तियार अनुसन्धान आयोगले बताउला तर जे होस नैतिकता गुमाएर फेरि सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते एउटा सुचना जारी गरेको देखे। जस्मा भनिएको छ- “कोभिड-१९को संक्रमण बढ्दै गएको पछिल्लो अबस्थामा विभिन्न सपिङ्ग मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग व्यावसायमा संलग्न हुने ब्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था छ।त्यसैले यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवासायिले आफ्नै खर्चमा अनिवार्य PCR परिक्षण गर्नु गराउनुहुन अनुरोध गरिन्छ।” हाम्रो देशमा निजिक्षेत्रका कर्मचारीले सरकारले तोकेको न्युनतम तलब सुबिधा नपाइरहेको अबस्थामा के आफ्ना कर्मचारीको आफ्नै लगानी गरेर PCR परिक्षण गर्देलान त? एउटा गम्भीर प्रश्न खडा भएको छ भने व्यवसायीले पनि सरकारलाई कर तिरेकाछन त्यो करको के यस्तो बिपदको अबस्थामा सबै जनताको निशुल्क PCR परिक्षण गरेर सदुपयोग गर्न मिल्दैन? कि जनताले तिरेको कर संसद, मन्त्रीहरुका लागि तलब भत्ता, काठमाडौंमा घर गाडी किन्नका लागि मात्र हो? प्रत्येक नेपाली जनताको अगाडी यी र यस्तै प्रस्न उब्जाएको छ।

अन्य देशका सरकारले यो कोरोनाको महामारीको अवस्थामा जनतालाई विभिन्न राहतका कार्यक्रमहरु ल्याएका छन। हाम्रो देश नेपालमा भने यहि विषम परिस्थितिका बेला विभिन्न कर्मचारी, मन्त्री, नेताहरू भ्रष्टाचारको आरोप लागेको मात्र सुनिन्छ। के हामी नेपाली जनता निरीह नै हौं? पानी मरुवा नै हौं? हामी बिरगोर्खालि बलभद्र कुवर, भिमशेन थापाका सन्तान होइनौं? अनि हामी सबै नेता का झोले र हनुमान मात्र हौं? के हामिमा सहि र गलत छुट्याउन सक्ने छमता छैन? छ भने ल एक पटक छतिमाथी हात राखौं, सोचौं र भनौं त के स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण २८ गते जारी गरेको जनताले आफ्नै लगानीमा PCR परिक्षण गर्नुपर्ने भन्ने यो सुचना ठिक छ? जनताको हितमा छ?

यस्तो महामारीको अबस्थामा सरकारले राहत बाड्नुपर्ने र जनता भोक भोकै मर्ने अवस्था आउन नदिनु पर्नेमा सरकार कर उठाउनमा ब्यस्त छ। व्यङ्क ब्याज उठाउनमा ब्यस्त छ। सबै जनताको निशुल्क सरकारले स्वास्थ्य परिक्षण गरि जनता र देशलाई कोरोनाको डर र चिन्ता बाट मुक्त गर्नुपर्नेमा जनता आफैले परिक्षण गर्नुपर्ने भनेर सूचना निकाल्छ। के यसैकालागी हो गणतन्त्र ल्याएको………?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...