कर्णाली नदि कटान क्षेत्र मर्मतकालागी आपतकालीन बजेट ल्याउछु- माननीय सन्त कुमार थारु

Date:

Share post:

काठमाडौं-


निरन्तर वर्षा भएपछी कर्णाली नदिमा उच्च बहाबका कारण राजापुर नगरपालिका वार्ड नम्बर २ तिग्रामा भएको २५० मिटर तटबन्ध झन्डै ९०प्रतिशत भाग कटान गरेपछी उक्त क्षेत्रको तटबन्धन भत्काइ कर्णाली नदि जुनसुकै बेला बस्तिमा पसि ठूलो धन जनको क्षतीहुने सम्भावना भएकोले बर्दियाका प्रतिनिधि सभा सदस्य सन्त कुमार थारुले श्रावण २८ गते उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय सिंहदरबार काठमाडौं लाई पत्रकाटी तत्काल मर्मत सम्भार गर्नको लागि अनुरोध गर्नुभएको छ। साथै उक्त पत्र उर्जा, जल श्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनलाइ भेटी आफै बुझाउनु भएको छ।

उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले उक्त पत्र हिजो श्रावण २९ गते दर्ता गरि सो कर्णाली नदिले कटानगरेको क्षेत्र मर्मतका लागि आपतकालीन बजेटबाट व्यबस्थापन गर्ने बताएको समेत प्रतिनिधि सभा सदस्य थारुले जानकारी गराउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...