कोरोना कहर (कविता)

मेनुका शर्मा(जिज्ञासु)/स्वर्गद्वारी न.पा ८, प्यूठान-



अहो..!आयो विश्व नै खलबलायो,,
मृतकको लाससँगै जिउँदाको मुटु जलायो,,
घुम्यो आफु रमायो मानवलाई आहरा बनायो,
आतङ्क मच्चाउँदै पृथ्वीमै शक्ति चलायो,,
भयानक छ अरे,,
तर,
देख्न सकेनन् कसैले,
भित्रभित्रै उग्र रूप लिंदै ,
अगाडि बढ्दैछ ,
तर,
छेक्न सकेनन् कसैले ,,

छिमेकीको घर ध्वस्त पार्यो अरे..!
त्यसैले ,
चारै ढोका बन्द गरेर बस्यौं ,
आफ्नै घरभित्र भूमिगत भयौं
तर,
मुसाजस्तै खै कताबाट छिरिसकेछ,
आफ्नै सदस्यलाई आक्रमण गर्यो अरे,,
अब,
परिवारको मुटु थर्थरायो,
सबैका मनमा कोरोना करायो,,
तर ,
घरको मुख्य मान्छे नै ,,
आराम गर्दैछ ,
बालबच्चाको बिचल्ली कसले देख्ने र खै,,!
त्यसैले ,,
कतिले प्राण त्यागे त
कतिको हंस हरायो ,,..
अहो..! अायो विश्व नै खलबलायो,
मृतकको लाससँगै जिउँदाको मुटु जलायो..!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close