एजेन्सी/लिस्बन-
युइएफए च्याम्पियन लोग फुटबल खेलमा फ्रेन्च क्लब लोयोन सेमिफाइनलमा प्रबेश गरेको छ। शनिबार राती लिस्बनमा भएको उक्त फुटबल खेलमा लियोनले प्रीमियर लिग क्लब म्यान्चेस्टर सीटीलाइ ३-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सफल बनेको छ।
फ्रेन्च क्लब लियोनले म्यान्चेस्टर सीटी विरुद्ध खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै खेलको २४औं मिनेटमा पहिलो गोल गरेको थियो । लियोन क्लबको जीतमा बैकल्पिक खेलाडी मौसा डेम्वेलेले २ गोल गरेका थिए र म्याक्सवेल कर्नेटले एक गोल गरेका थिए भने म्यान्चेस्टर सीटीका केभिन डी ब्रुनले एक गोल फर्काएका थिए।
अब सेमिफाइनलमा लियोनले जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख संग खेल्नेछ भने उता बायर्न म्युनिखले स्पेनिस पावरहाउस बार्सिलोनालाइ ८-२ गोलले हराउदै सेमिफाइनलमा स्थान बनाएको थियो।