राष्ट्रघाती गित देशद्रोहिको भिडियो युट्युबमा सार्बजनिक, अझै किन लगाइएन रोक?


काठमाडौं-

बिगतमा चर्चित लोकगाएक पशुपति शर्माले समसामयिक बिषयबस्तु समेटेर “लुट्न सके लुट” भन्ने गीत सार्वजनिक गर्दा सार्बजनिक भएको केही समयमै रोक लगाइएको थियो भने अहिले लगभग २४ घण्टा बितिसक्दा समेत राष्ट्रिय झण्डा जलाइएको तथा ढाकाटोपिलाइ ढालजस्तो र राष्ट्रिय झण्डालाई ब्रा जस्तो भनी अपमानजनक शब्द प्रयोग गरिएको उक्त राष्ट्रघाती भिडियो सहितको गित युटुबबाट रोक लगाइएको छैन।

उक्त राष्ट्रघाती भिडियो सहितको गित देशद्रोही शिर्षक राखेर मङ्गोल हब अफिसियल नामक युट्युब च्यानलबाट हिजो करिब ५ बजे साँझ अपलोड भएको थियो। सो राष्ट्रघाती गितको गाएकमा मङ्गोल ग्याल्पली र र्यापरमा ATM लेखिएको छ।त्यस्तै गितमा क्षेत्री, बाहुनलाइ तथानाम गाली गरिएको छ भने प्रधानमन्त्री के पि शर्मा वलि, पुर्ब प्रधानमन्त्री प्रचण्ड,स्व. गिरिजा प्रसाद कोइराला, पुर्बराजा ज्ञानेन्द्र शाह लगाएतको तस्बिर जलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close