चक्र अविरल /बर्दिया-
आज राती करिब १ बजे बारबर्दिया नगरपालिकाको बार्ड नंबर ८ औंरी भगतपुर भन्ने ठाउँमा अंदाजी २१ बर्षको पुरुषले सोही ठाउँकि आंदाजी ११ बर्षकी बालिकालाई घरबाट करिब १०० मिटर पर धानखेतीमा बोकेर लागि बलात्कार गरेको छ।

स्थानिय र बलात्कार भएकी बालिकाको घरपरिवारले ती बलात्कार गर्ने ब्यक्तिले मध्यरातमा हजुरआमा संग सुतेकी बालिकालाई बोकेर करिब १०० मिटरपर घरछेउको धानखेतमा लगेको र बलात्कार गरेको बताएका छन। त्यस्तै पिडित बालिकाले पनि ती बलात्कार गर्ने ब्यक्तिले आफु हजुरआमा संग सुतेको अबस्थामा बोकेर धानखेतमा लग्दै गर्दा आदिबाटोमा लग्दैगर्दा निद्रा खुली तपाईंको हो र मलाइ का लग्न लागेको भनी सोध्दा म मरेको आत्मा हो अहिले बाचेर आएको छु कराइस भने मार्दिन्छु भने मुख बुझेर खेतमा लागि ३ पटक सम्म बलात्कार गरेको बताइन। अझ ती पिडित बालिकाले भनिन त्यो बलत्कारिले तलाइ सुनको टिकुली, बाला, सिक्रीलगाएत सुनकै पाउजु दिन्छु तेरो घरको छेउ का अरु २ जना सथिलाइ भोलि पठाएस समेत भनेको थियो।
सो घटनाको खबर पाई हाम्रा सम्बाददाता चक्र सुनार अबिरलले आज बिहान प्रहरी चौकि जयनगरमा खबर गरेपछी नेपाल प्रहरीआइ पिडित बालिकालाइ स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको र पिडक बलात्कारीलाइ इलाका प्रहरी कार्यालय बानियाभार लगिएको छ।