आज देखि बर्दियामा निषेधाज्ञा केही खुकुलो

Date:

Share post:

बर्दिया-

कोभिड-१९ संक्रमणको उच्च जोखिम कायमै रहेपनी जनजिबनलाइ सहज बनाउन र समुदाय स्तरमा समेत देखिएको कोभिड-१९को संक्रमणलाइ नियन्त्रणमा ल्याउन भन्दै यहि भाद्र ५ गते मध्यरात देखि सकिने गरि श्रावण २५ गतेदेखि जारी गरिएको पुर्ण निषेधाज्ञा आज भाद्र ६ गतेदेखि केही खुकुलो हुने जिल्ला प्रशासन कार्यालयले हिजो जारी गरेको सुचनामा भनिएको छ।

जिल्ला सुरक्षा समिती बर्दियाको भाद्र ४ गते बसेको बैठकको निर्णय अनुसार आज भाद्र ६ गते देखि अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर निश्चित समय तथा नियमको पालना गरि अत्यावश्यक खाद्यान्न तथा अन्य पसल ब्यबसाय , निजि सवारी साधन, सरकारी कार्यालयहरु आदि सुचारु गर्न भनिएको छ।

उक्त जारी सुचनामा अर्को आदेश नभएसम्मका लागि २ मिटरको भौतिकदुरी कायम गर्ने, माक्स प्रयोग गर्ने, पटक पटक साबुनपानीले हातधुने वा सेनिटाइजरको प्रयोग गर्ने लगाएतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गर्नेगरी होटल, रेष्टुरेन्ट बाट लैजानेसेवा संचालन गर्नेगरि खोल्ने, निजि सवारीसाधनहरु मितिमा आधारित जोरबिजोर प्रणाली अनुसार चलाउने गरि बर्दिया जिल्लाभरी निषेधाज्ञा खुकुलो बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...