गाई हत्या गर्ने चारजना पक्राउ


नुवाकोट-

तार्केश्वर गाउपालिका वार्ड नम्बर ५ नुवाकोट काप्रेको सिरानटोलमा गाईमारी मासु भाग लगाइरहेको अबस्थामा चारजना पक्राउ परेका छन भने अन्यको खोजी कार्य भै रहेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए अनुसार काफ्रेको सिरानटोलका सन्त बहादुर तामाङ्गको गोठमा गाईमारी मासु भाग लगाउदै गर्दाको अबस्थामा उनिहरु चार जना पक्राउ परेका थिए भने अन्य संलग्न को खोजी भै रहेको छ।

उक्त गाई हत्या गर्ने मध्य पक्राउ परेका ४ जना काफ्रे भञ्ज्याङ् का ३० बर्षिय सुंजित बहादुर तामाङ्ग, ३० बर्षकै चन्द्र बहादुर तामाङ्ग, ३४ बर्षिय जय बहादुर तामाङ्ग र २८ बर्षिय दल बहादुर तमाङ्ग रहेकाछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close