धनुषा-
प्रदेश नम्बर २को सामाजिक बिकास मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम धनुषाले करारमा कर्मचारी भर्नागर्ने भनी हिजो भाद्र ७ गते एक सुचना प्रकाशित गरि गरेको छ। सूचनामा मेडिकल माइक्रोबायोलोजिष्ट देखि सेक्युरिटी गार्ड सम्म पदका कर्मचारी माग गरिएको छ भने सुचना प्रकाशित भएको ७दिनभित्र कार्यालय वा कार्यालयको इमेल ठेगानामा आबश्यक कागजात सहित निबेदन दिन अनुरोध गरिएको छ।

उक्त सूचनामा प्रकाशित भएअनुसार मेडिकल माइक्रोबायोलोजिष्ट ३ जना, मेडिकल ल्याब टेक्नोलोजीष्ट ९ जना, ल्याब टेक्निसीयन ४ जना, ल्याब असिस्टेन्ट २ जना माग गरिएको छ । भने कम्प्युटर अप्रेटर, रिसेप्निष्ट, हलुका सवारीचालक, कार्यालय सहयोगी, स्विपर र सेक्युरिटी गार्ड केही भनी करार सेवामा कर्मचारी माग गरिएको छ।