Trending

सिटिइभिटी अन्तर्गतका सिएमए, अनमि लगाएत TSLC का सबै कोर्ष खारेज


काठमाडौं-

यहि गत साउन ३० गते बसेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऎनको दफा ४२ अन्तर्गत रहेर सिटिइभिटी द्वारा संचालित स्वास्थ्य बिषयका प्राबिधिक एस एल सी सरहका सम्पुर्ण कार्यक्रम खारेज गर्ने निर्णय गरेको थियो। उक्त बैठकको निर्णयमा प्रमाणपत्र तह भन्दा मुनिका कुनैपनी कार्यक्रम यसै शैक्षिकसत्र देखि संचालन नगर्न नगराउन भनिएको छ। त्यस्तै आयोगले यसै शैक्षिकसत्र देखि बिश्वबिद्धालय र यस अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम संचालन नगर्न नगराउन तथा अघिल्लो शैक्षिकसत्रमा संचालन भैसकेका कार्यक्रमको अध्ययन अबधी पूरा भएपछी स्वत: फेजआउट हुने समेत भनेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उक्त निर्णय भएसंगै अब यस शैक्षिकसत्र देखि सि एम ए, ल्याब टेक्निसियन, अ न मि लगाएतका स्वास्थ्य सम्बन्धिका टि एसएलसी कोर्ष तथा यी बिषय पढाईहुने १३७ ओटा कलेजको सम्बन्धन खारेज भएको छ। भने आयोगले ती खारेज भएका कलेजको स्तर उन्नति गरि प्रमाणपत्र तह पढाउने सम्बन्धन दिनेमा लचिलो बन्ने निर्णय गरेपनी धेरै कलेजहरु स्तर उन्नतिहुन नसक्ने अबस्थामा छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close