बामदेवसंग बर्दियालीको अपेक्षा

– अंगद श्रेष्ठ ,बर्दिया
अहिले नेपालको राजनीतिवृतमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले बजार तातिएको छ । नेपालको राजनीतिमा उँहा एउटा यस्तो हस्ती हो जो जहिलेपनि चर्चाको शिखर मै रहनु भयो । उँहाको नामले कैंयो व्यक्तिको राजनीति बन्यो भने कतिको रोजगारी चल्यो । अहिले पनि उँहाको नामबाट आफ्नो रोजगारी र राजनीति चलाउनेहरु थुप्रै भेटिन्छ । २०७० सालको निर्वाचनमा अत्यधिक मतले जितेका बामदेव २०७४ सालको निर्वाचनमा किन पराजय हुनु पर्यो ? यस्ता उत्तरित र अनुत्तरित प्रश्नहरु धेरै छन । तथापी, प्रश्नको उत्तर सबैलाई थाहा छ मात्र प्रकृयागत ढङ्गबाट लिपिबद्ध हुन नसकेको मात्र हो भन्नमा अतिशयोक्ति नहोला ।
१) “भाई फुटे गँवार लुटे” भन्ने भनाई २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा चरितार्थ भयो बर्दियामा । नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) को ऐतिहाँसीक एकता पश्चात पार्टीका कार्यकर्ता, शुभचिन्तक र वाम एकता भएको देख्न चाहाने नेपाली जनताको अपार खुशिले देशभरि नै कम्युनिष्ट पार्टीले अत्यधिक मतले वीजय हासिल गर्ने लक्षण देखाई सकेको थियो । विगत देखि लालकिल्लाको रुपमा चिनिएको बर्दिया जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुत्रधार बामदेव गौतमले पराजय बेहोर्नु पर्यो । जुन आठौं आश्चर्य थियो । दुवै पार्टीको मत एकिकृत गर्दा तीस हजारले अघि रहेको नेकपा अन्र्तघात, विश्वासघात र अत्यधिक विश्वासको कारणले जनमत बिग्रिएको कसैले चाल नै पाएनन् । उँहाले जनताको अभिमत आफुतिर तान्न भावी प्रधानमन्त्रीकोरुपमा आफूलाई प्रस्तुत गर्नु नै हराउनुको एउटा यो पनि कारण थियो भन्ने चर्चा बर्दिया मात्र नभई देशैभरी चर्चित भएको थियो । पार्टीका सम्पूर्ण शिर्षस्थ नेताहरु प्रधानमन्त्री भईसकेको अवस्थामा बामदेव गौतम प्रधानमन्त्रीको प्रमुख दावेदारको रुपमा रहनु कुनै नौलो विषय थिएन । तर, उँहाले निर्वाचनमा अपनाएको रणनैतीक योजनालाई गम्भीररुपमा लिएको हो की भन्ने कारणले उल्टो परिणाम आएको हो भन्ने कुरा आजभोली पनि २०७४ को निर्वाचनको चर्चा चल्दा यस विषयमा दरो बहस हुने गर्दछ ।
२) बर्दिया जिल्लाको सम्पूर्ण उव्जाउ जमीनलाई र बाँझो जग्गालाई उव्जाउ बनाउन सिंचित गर्नको लागि र बर्दियाको पूर्वमा रहेको बाँकेको पश्चिमी भागलाई सिंचाई पुर्याउने गरि बबई सिंचाई योजनाको कल्पना गरेका थिए बामदेवले । बबई नदीमा पानीको कमि नहोस भन्ने हेतुले र विजुलि उत्पादन गर्न भेरी डाईभर्सनको परिकल्पनाकार थिए उनि । दिर्घकालीन बिकासको योजनालाई मूर्तरुप दिएका बामदेवले किन हार्नु प¥यो ? उँहा समय समयमा बर्दिया नआउनु, शक्तिशाली नेताको रुपमा रहदापनि बर्दियाको बिकास नहुनु, बर्दिया छोडेर प्युठान जानु, आदीईत्यादी आरोप लगाईएको थियो निर्वाचनको समयमा १११ निश्चितरुपमा, बर्दिया जिल्ला उँहाको राजनैतीक र संसदीय क्षेत्र भएकोले बर्दियाको बिकासमा देखिएको सुस्तता प्रति नैतीक जिम्मेवारी बामदेव गौतमले पनि लिनु पर्छ । तर, के बर्दियाको विकास नहुनुमा उँहाको मात्रै दोष थियो ? बर्दिया जिल्लाको पार्टी कमाण्ड सम्हालेका र बर्दिया जिल्लाको प्रतिनिधित्व गरेर प्रतिनिधिसभामा पुगेका सांसदहरुले पनि बर्दिया जिल्लाको विकास नहुनुमा दोषको भागीदारी बन्नु पर्छ की पर्दैन भन्ने प्रश्न टड्कारोरुपमा छलफलको विषय बन्नु पर्छ भन्ने लाग्छ । हामीलाई थाहा छ बामदेव गौतम तत्कालीन नेकपा एमालेका चार शिर्षस्थ नेताहरु मध्ये एक महत्वपूणर््ा नेता हुन । उँहालाई पार्टीको हरेक कामलाई व्यवस्थित बनाउने , पार्टीको घोषणापत्र लेख्ने देखि राजनैतीक प्रतिवेदन लेख्ने कार्यमा व्यस्त रहनु पर्दथ्यो र सिङ्गो किसान महासंघको जिम्मेवारी निभाउने भूमिकामा हुनुहुन्थ्यो । उँहा बर्दिया जिल्लाको नेता हुनु का साथै पार्टीको जिम्मेवार नेता भएकोले देशैभरीका कार्यकर्ताको बारेमा सोच्नु र पार्टी कार्यलाई अगाडी बढाउन पनि व्यस्त हुनु पर्ने थियो । जसलेगर्दा, उँहा समय–समयमा आफ्नो क्षेत्रमा आउन नसक्नुको कारण थियो जस्तो लाग्छ मलाई । तत्कालीन नेकपा एमालेको जिल्लातह बाट समष्टिगतरुपमा बर्दियाको विकासका लागि दिर्घ, मध्यम र अल्पकालिन योजनाहरु बनाएर वार्षिकरुपमा प्रस्तुत हुने बजेटको रातो कितावमा दर्ज हुनेगरी कति पटक बर्दियाको विकासको खाका बामदेव गौतमलाई दिने काम भयो ? अहिले पनि नेकपाको दुई तिहाईको नजिक पुगेको कम्युनिष्ट सरकार छ तर पनि बर्दियाको दिर्घकालिन योजनाहरु रातो कितावमा पार्ने काम भयो भनेर भन्न सक्ने अवस्थामा छैनौ । कसैको बढुवा–सरुवा गराउनु पर्यो भने, आफ्ना नातेदारलाई प्रहरी र राअविमा जागीर खुवाउनु पर्यो भने वा आफ्नो गाँउघरमा बाटोघाटो बनाउनु पर्यो भने उँहा मार्फत आफ्ना निहित स्वार्थ पुरा गरिन्थ्यो । बामदेव गौतम मार्फत भएका कार्यको बारेमा प्रचार–प्रसार गर्न कञ्जुस्याई गरिन्थीयो , गरियो । तर, सिङ्गो बर्दिया जिल्लाको विकासको लागि गुरुयोजना बनाएर उँहा समक्ष लगिएको हामीले चाँही थाहा पाएनौ आजसम्म । बरु, वर्तमान नेकपाको सांसदहरुले आफ्नो बुद्धिवर्कत र विवेकले भ्याएसम्म साना ठूला योजनाहरु पार्न सफल भएका छन । क्षेत्र नं.१ का निर्वाचित सांसदको पहलमा भादाओराही नदी नियन्त्रण कार्यालय ल्याईएको भन्ने कुराको प्रचार प्रसार गरियो तर, करोडौ,अरबौ बजेट बामदेवको अगुवाईमा सो आयोजनामा आएको र आईरहेको सत्यतालाई हाम्रो पार्टीले न त उजागर नै गर्न सक्यो न त त्यसको जस लिने कार्य नै गरेको छ १११
३) बामदेव गौतमले २०७० सालको निर्वाचन बर्दिया र प्युठानबाट जितेपछि बर्दिया किन छोडनु प¥यो भन्ने कुरा जनतासामु लुकाएर २०७४ सालको निर्वाचनमा बर्दियालाई छाडेर धोखा दिए भन्ने कूप्रचार खुबै गरियो सत्यतालाई लुकाएर हाम्रै माझबाट । मलाई अहिले पनि याद छ त्यो दिन र त्यस दिन भएका सबै कुराहरु अझैपनि ताजा छन मेरा मानसपटलहरुमा । अहिलेको कोहलपुरको दसविगाहामा रहेको कोहलपुर मेडीकल कलेजदेखि १५० मिटर पूर्व त्यतीबेला एउटा होटल बन्दै थियो जो पूर्णरुपले बनिसकेको थिएन । त्यसै होटलमा बामदेव बस्नु भएको थियो र हामी ३०–४० जना पार्टीका नेता लगायत म पनि उँहालाई बर्दियाको क्षेत्र नं.१ बाट सांसदपदको उम्मेद्वार बनि दिन आग्रह गर्न गएका थियौ । छलफलको क्रममा उँहाले भन्नु भयो “मलाई प्युठानबाट एक्लो उम्मेद्वारकोरुपमा नाम सिफारिस गर्ने निर्णय गरेको छ” म के गँरु ? प्रतिउत्तरमा जिल्लाका नेताहरुले भन्नु भयो, बर्दियालाई तँपाईको आवश्यकता छ केहि विषयबस्तुलाई मिलाएपछि माहौल अझै शसक्त हुन्छ र जीत सुनिश्चित हुन्छ भन्ने सुझाव पश्चात दुवै स्थानबाट जितेपछि बर्दिया क्षेत्र नं.१ छाडने र पुनः पार्टीले उठाएको व्यक्तिलार्ई जिताएर संसदमा तत्कालिन नेकपा एमालेको संख्यामा थप्ने योजना मुताविक दुवै स्थानमा बामदेव गौतमले जीतेपछि बर्दियाको क्षेत्र नं.१ पूर्व योजनाअनुसार छाडनु पर्ने भएको थियो । पार्टी र स्थानीय नेताहरुको आग्रहलाई पुरा गर्ने ईमान्दार र आफ्नो वचनलाई यथासमयमा पुरा गरी पार्टीले टिकट दिएको उम्मेद्वारलाई जिताउन रातदिन खटिने, बचनप्रति प्रतिवद्ध नेता बामदेव गौतमलाई सुनियोजिततवर बाट हराउन बर्दिया छाडेको गलत प्रचार गरेर जनतालाई गुमराहमा पार्ने काम गरियो । परिणाम बर्दिया हार्यो, बर्दियाको पार्टी हार्यो, हामी बर्दियाबासी हार्यो हारको क्षतीपूर्ति बर्दियाले कहिले र कसरी प्राप्त गर्ने हो थाहा छैन ।
४) बामदेव गौतम ईमान्दार, कर्तव्यनिष्ठ, पार्टीप्रति वफादार, कुरामा भन्दा परिणाममुखि काम गर्न रुचाउने, अति भावुक एक राष्ट्रवादी नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । उँहाले हारेर पनि जित्नु भएको छ भने बर्दियाले जितेर पनि हारेको छ । हिन्दीमा एउटा उखान छ, “हारकर भि जो जिता, उसे वाजीगर कहते है” जुन उखान उँहामा चरितार्थ भएको छ । उँहा हारेपनि उँहाको भूमिकाको आवश्यकता प्रतिनिधिसभामा थियो । तर, बामदेव गौतमको ईच्छाले मात्र पुग्नेवाला थिएन र उँहाले यति चाडै सांसद बन्ने सपनापनि देख्नु भएको थिएन । बरु, उँहाको ईच्छा थियो “नेपाल नवनिर्माण महाअभियान” मा उल्लेखित विकासको सपनालाई बिकास प्राधिकरण मार्फत पुरा गर्ने र कम्युनिष्ट पार्टीको सरकारले गरेको उद्घोष, “सुखि नेपाली,समृद्ध नेपाल” को नारालाई मूर्तरुप दिने । उँहाको अनुपस्थितीमा संसदमा एक जुझारु नेताको कमि महशुस भएको थियो जसको पूर्तिको लागि पार्टी अध्यक्ष द्वयेले प्रतिनिधिसभामा बामदेव गौतमलाई लैजान कोशिस त गर्नु हुन्थ्यो तर उँहा प्रतिनिधिसभामा जाँदा कसैलाई घाटा हुनेहुँदा उँहाको बारेमा कपोलकल्पित कथा रचेर अर्नगल प्रचार–प्रसार गरेर मानमर्दन गरिन्थ्यो । उँहाको सिधापन र भावनासंग खुबै खेलियो तर सत्य सत्यनै हुन्छ । समयले उँहाको आवश्यकतालाई महशुस गर्यो र फागुन १४ गते बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो । विभिन्न आरोहअवरोह विच ६ महिना पश्चात यही भाद्र १८ गते उँहालाई माथिल्लो राष्ट्रिय सभामा लैजाने निर्णय भएको छ । विविध कारणले पार्टी पद्धति लिकबाट हटेको थियो तर पुनः पार्टीले आफ्नो लय पकडेकोमा खुशि हुनुको साटो मानीसहरु बामदेव फेरी शक्तिमा जाने भए भन्ने हुटहुटीले व्याकुल भएकाछन ।
५) फागुन १४ गते देखि भाद्र १८ गतेसम्मको वीचको समयमा देशको ठूलो पार्टी दुई तिहाईको नजीक पुगेको कम्युनिष्ट पार्टीमा धेरै उतारचढाव आए । लिम्पियाधुरा, लिपुलेकलाई नेपालको नक्शामा समावेश गर्ने ऐतिहासिक कार्य देखि एमसिसि सम्वन्धि चरम विवाद र शक्ती संघर्षको चपेटमा अध्यादेश जारी देखि नयाँ पार्टी दर्तासम्मको खेलमा उँहाको ६ बुँदे समाधानले दिएको संजीवनीले विखण्डनको छेवैमा पुगेको पार्टीलाई बामदेव गौतमले आफ्नो व्यक्तिगत लाभहानीको परवाह नगरी पार्टीको गरिमा र एकतालाई अक्षुण राख्न जुन भूमिका खेल्नु भयो त्यसले उँहाको पार्टीप्रतिको जिम्मेवारी र राष्ट्रप्रतिको प्रेमलाई दर्शाएको छ । २०५४ सालमा महाकाली सन्धि धोखा हो भन्ने विचार सशक्त रुपमा राख्न सक्ने नेताको विचार बोकी स्वयं म पनि मालेमा समावेश भई राष्ट्रियताको पक्षमा लागेकोमा गर्व महशुस भईरहेको छ आज । उँहाले लिएका अडान र दिएका विचारहरु अन्तः सहि सावित भएका छन । हामी कार्यकर्ताहरु “नेता भन्दा नीति प्रधान हुन्छ” भनेर पार्टीमा लाग्नेले सहि विचार, पार्टीप्रति ईमान्दार र राष्ट्रप्रेमले ओतप्रोत नेतालाई नेता मानेर हिडन पाउदा गर्वानुभूति नै हुन्छ ।
६) बामदेव गौतमको लगनशिलता, संयमता, धैर्यता, पार्टीप्रतिको अटुट ईमान्दारीताको प्रतिफल उँहालाई माथिल्लो सदन राष्ट्रियसभामा लैजाने निर्णय केन्द्रिय सचिवालयले गरेको छ । यो निर्णयले उँहाको आवश्यकतालाई दर्शाउछ । यसो भनिरहदा कसैलाई अपमान गर्न खोजीएको होइन, सत्यलाई थोरै उजागर मात्रै गरेको हो मेरो मनले । अर्थमन्त्री युवराज खतिवडाले आफ्नो कार्यकालमा सक्दो राम्रो कार्य गरेर जानुभएको छ । परिस्थितीलाई उल्टो बगाउन नदिन बौद्धिकता प्रदर्शन गर्दै प्रधानमन्त्री समक्ष राजीनामा पेश गर्नु भएको छ । डा.युवराज खतिवडालाई साधुवाद । उँहाको राजीनामा पछि बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीले राष्ट्रपति समक्ष सिफारिस गर्न बाँकी नै छ । तथापि, चोक, होटल, पसल, नेता, कानूनविदवीच उँहा तल्लो सदन प्रतिनिधिसभामा पराजीत भएकोले मन्त्री बन्न पाउने की नपाउने बहस चलेकोछ र यथार्थ जान्न मानीसहरु लालायित भएका छन । मन्त्री बन्न पाउने, नपाउने निर्णय दिने अन्तिम व्याख्ता सर्वोच्च अदालत नै हो । पर्खिनु र हेर्नु सिवाय अरु विकल्प नै छैन हामीसंग । तर, बामदेव गौतम माथिल्लो सदन राष्ट्रियसभामा गएपछि विशेष भूमिकामा आउनु पर्छ भन्ने मान्यता हामी बर्दियाबासीले राख्दछौ । यो मेरो नीजि विचार हो । किनकी, हामी बर्दियाबासीको नाताले उँहा विशेष कार्यकारी भूमिकामा आएर बर्दियाको समष्टिगत बिकासमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ र आजसम्म बर्दियाको बिकासमा उँहाको कुनै भूमिका रहेन भन्ने आलोचकहरुलाई विकासको कोसेली उपहार दिनु पर्छ भन्ने सोंच छ हाम्रो । बर्दियाको बिकासमा गौतम कोशेढुङ्गा सावित हुनु पर्छ भन्ने मान्यता राख्दछु ।
७) म कानून र संविधानको विद्यार्थी होईन, नभएपनि मेरो मन उथुलपुथुल भयो । यसैक्रममा बामदेवलाई मन्त्री बन्न कुन धारा उपधाराले बाधा पुग्छ बुझ्न उत्सुक भए र मैले २०७२ असोज ३ गते प्रकाशित नेपालको संविधान अध्ययन गर्दा निम्नानुसार पाँए पाठकहरुको अनुमतिले प्रस्तुत गर्न चाहान्छु ः
नेपालको संविधान भाग–७ संघीय कार्यपालिकाको धारा ७६ को उपधारा (९) मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यहरुमध्येबाट समवेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।
• नेपालको संविधान धारा ७८ को उपधारा ४ मा, उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।
• भाग–८ संघीय व्यवस्थापिका धारा.८३ संघीय व्यवस्थापिका ः प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संंघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ ।
• भाग–८ संघीय व्यवस्थापिका धारा.८४ प्रतिनिधि सभाको गठन ः (१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन :-
(क) नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैसठ्ठी निर्वाचन क्षेत्र कायम गरी
प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
बमोजिम निर्वाचित हुने एक सय पैसठ्ठी सदस्य,
(ख) सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक
निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने एक सय दश सदस्य ।
यी उर्पयुक्त धारा उपधारा अध्ययन गर्दा कहि कतैपनि तल्लो सदन अर्थात प्रतिनिधि सभामा पराजित व्यक्तिलाई माथिल्लो सदन अर्थात राष्ट्रिय सभाको सदस्य बनाउन नमिल्ने भनि लेखिएको छैन । भाग–८ संघीय व्यवस्थापिका धारा.८६ को उपधारा २ (क) मा उल्लेखित छपन्न सदस्य र (ख) मा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिला सहित तीन जना सदस्यसमेत गरी उनान्साठी सदस्य मनोनित गर्न सकिने भनिएको छ । यसै सन्दर्भमा, धारा.६ को उपधारा २(ख) बमोजिम संविधानतह प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिय सभाको सदस्यमा बामदेव गौतमलाई मनोनयनको लागि सिफारिस गरिने निर्णय भएको छ । कुनैपनि व्यक्तिलाई राष्ट्रिय सभामा लगीसकेपछि धारा ७८ को उपधारा ४ प्रभावित नहुनु पर्ने देखिन्छ । कि त पराजित व्यक्तिलाई दुवै सदनमा नलैजाने प्राव्धानको कल्पना गरिनु पथ्र्यो संविधानमा । दुुवै सदन मध्ये प्रत्यक्ष निर्वाचित वा समानुपातिक सदस्यको लागि सिफारिस नभई राष्ट्रिय सभामा उपधारा २ (ख) मा टेकेर कुनै व्यक्तिलाई राष्ट्रिय सभाको सदस्य पदमा मनोनयन गरीसकेपछि व्यक्तिको अधिकारलाई संविधानतह बन्देज लगाउन नपाईने हो । यसर्थ, बामदेव गौतम पनि यस देशको नेपाली नागरिक भएको हैसियतले गौतमको अधिकारलाई संकुचित गरेर संविधानले दिएको अधिकारबाट वन्चित गर्न नपाईने हो भन्ने लागेको छ ।
८) संयमता धैर्यताका प्रतिमुर्ति, सहनशिलत, समुन्द्र झै शान्त र निलकण्ठले झै समय–समयमा अपमानको विष पिउन वाध्य नेकपाका उपाध्यक्ष, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख बामदेव गौतम राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत भईसकेपछि कुनै न कुनै महत्वपूर्ण कार्यकारी पदमा आउनु पर्छ भन्ने हाम्रो आग्रह छ । यदि उँहा कुनै कार्यकारी पदमा आउनु भयो भने निम्न कुराहरु बर्दियाको विकास र आत्मनिर्भरताको लागि गरिनु पर्छ भन्ने अनुरोध गर्न चाहान्छु ः

(क) एघारवटा गाविस वा श्रीलङ्काकोटापुको रुपमा चिनिने राजापुर क्षेत्र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमले राजापुर नगरपालिका र गेरुवा गाँऊपालिकाको रुपमा आफ्नो पहिचान बनाउन पाएको छ । खेती योग्य जमिन, प्राकृतिकरुपले प्रायाप्त सिंचाईको व्यवस्था भएको यो क्षेत्र अन्नबाली उत्पादनको दृष्ट्रिकोणले अत्यन्त उत्तम रहेको छ । यस क्षेत्रमा मझौला खालको कागज फ्याक्ट्रीको लागि चाहिने कच्चा पदार्थ मनग्गे प्राप्त हुन सक्ने भएकोले उक्त कागज फ्याक्ट्री खोल्न सकियो भने एकसय देखि एकसय पचास सम्म प्रत्यक्ष रोजगारीको र अप्रत्यक्ष हजारौं रोजागारीको सृजना हुन्छ र बर्दिया जिल्ला कागजमा आत्मनिर्भरता तिर उन्मुख हुन सक्छ ।
(ख) बढैयाताल गाँउपालिकामा रहेको मैनापोखरमा विगतमा पनि पृथु शमशेर राणाले मझौलाखालको चिनि फ्याक्ट्री सन्चालन गरेको प्रमाणहरु अहिले पनि भग्नावेश रहेको फ्याक्ट्रीले देखाईरहेको छ । यस अर्थमा मैनापोखर उखु उत्पादनको लागि उर्वर भूमि हो भन्नुमा कुनै दूई मत नहोला । यसर्थ,बढैयाताललाई उखुको सुपरजोन बनाई कृषकहरुलाई सस्तो दररेटमा बैकिङ्ग कर्जा उपलव्ध गराई वा सरकारी अनुदानको व्यवस्था गरेर किसानहरुलाई उखु खेतीको लागि प्रोत्साहित गरी उखु उत्पादनमा जोड दिई एउटा मझौला खालको चिनी फ्याक्ट्री खोलेर बर्दिया जिल्लालाई चिनी मा पनि आत्मनिर्भर बनाउन सकिन्छ र यसरी फ्याक्ट्री खोल्दा सयौं संख्यामा रोजगारीको पनि सृजना हुन जान्छ ।

(ग) गुलरिया नगरपालिकामा प्राकृतिक सम्पदा वा उव्जनीको हिसावले प्रायप्त मात्रामा उव्जाउ जमिन नभएको कारणले आम्दानीका स्रोतहरु नगण्य मात्रा रहेको छ । बर्दिया जिल्ला उत्पादनको हिसावले नेपालकै दोस्रो ठूलो जिल्ला रहेकोले एउटा कृषि विश्वविद्यालयको आवश्यकता महशुस हामी सबै बर्दियाबासीलाई भएको छ । यसर्थ, गुलरिया नगरपालिका भित्र दसौं विगाहा सरकारी जमिन रहेको छ । उक्त जग्गाको सदुपयोग गर्र्दै,एउटा कृषि विश्वविद्यालय गुलरिया नगरपालिका भित्र खोल्न सकियो भने आर्थिक चलखेलको वृद्धि हुन गई रोजगारी सृजना हुने प्रवल सम्भावना रहन्छ ।

(घ) पूर्व प्रधानमन्त्री माधव नेपालको पालादेखि बर्दियासमेत लाई तोकी पाँचवटा सिमा नाका माग गरिएकोमा अन्य नाका सम्झौता भएर सन्चालनमा पनि आईसक्यो तर आज सम्म बर्दियाको सिमा नाका सम्वन्धि भरमग्दूर प्रयास गर्दा पनि भारतले हामीलाई सिमा नाका दिएको छैन । भारतले गुलरिया र भुरीगाँऊको लागि मात्र सामान ढुवानीको लागि नाका दिन ईच्छुक छैन । किनकी, भारतको सामानहरु वा मालवाहक सवारी साधनहरु बाँकेको सिमा नाकाबाट नेपालगन्ज हुदै कर्णाली सम्म सामान ढुवानी भई नै रहेको छ । यसर्थ,सर्वप्रथम ठाकुरवावा नगरपालिकाको भुरीगाँउको उत्तरतिर वयालीस किलोमिटरको दूरी रहेको तेलपानी सडक निर्माण भएमा कर्णाली करिडोरको स्थापना हुन जान्थ्यो । त्यसपछि मात्र भारतले हामीलाई भारतिय सिमा नाका उपलव्ध गराउथ्यो भन्ने लाग्दछ । यदी तेलपानीको आवागमनलाई सुचारु गर्न सकियो भने गुलरिया नगरपालिकालाई सुख्खा वन्दरगाहाको रुपमा विकसित गर्न सकिन्थ्यो भने भुरीगाँउ यातायातको हवको रुपमा विकास हुन्थ्यो ।
बर्दिया जिल्लामा पर्यटन, कृषि तथा सिंचाईको प्रचुर मात्रामा सम्भावनाहरु रहेकाछन । तथापी, उर्पयुक्त साना विषयहरुले बामदेव गौतमको नेतृत्वमा मुर्तरुप पाउन सक्यो भने हामी बर्दियाली धन्य हुनेछौ । हाम्रा सपनाले साकाररुप लिनका लागि पनि बामदेव गौतम महत्पूर्ण पदमा आउनै पर्छ । अग्रिमम बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौ बर्दियाली जनताको तर्फबाट ।

अंगद श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
जिल्ला कमिटी,बर्दियाको जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close