प्रदेश सांसद शर्मा र उपमेयर दहित भन्नुहुन्छ, देश र जनताको लागि जस्तोसुकै योगदान दिन तयार छौँ

Date:

Share post:


बर्दिया-
बारबर्दिया नगरपालिकाको कार्यालयको आयोजनामा आज असोज ३ गते पाँचौ संबिधान दिबस भब्यताका साथ मनाइएको छ।संबिधान दिबसको अबसरमा गरिएको उक्त कार्यक्रमको अध्यक्षता उप मेयर अन्जु दहित, प्रमुख आतिथ्य नेकपा केन्द्रिय सदस्य, बर्दिया जिल्ला सह इन्चार्ज तथा ५ नंबर प्रदेश सांसद तिलक शर्मा हिमालले गर्नुभएको थियो। त्यस्तै अतिथिमा बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख टेक बहादुर पाण्डे, नेकपा बारबर्दिया इन्चार्ज राम सागर थारु, विभिन्न संघ संस्था तथा संजालका प्रतिनिधिहरु उपस्थित हुनुन्थ्यो भने कार्यक्रम सन्चालन बारबर्दिया नगरपालिकाका प्रबक्ता दुर्गा बहादुर बि.क. अविरल ले गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य, बर्दिया जिल्ला सह-इन्चार्ज तथा ५ नंबर प्रदेश सांसद शर्माले मन्तब्यका क्रममा हिजोको राज्य ब्यबस्था परिबर्तन गरि गणतन्त्र ल्याउन र संबिधान बनाउन बर्दिया जिल्ला तथा बारबर्दिया नगरपालिकाका जनताको ठूलो भुमिका र योगदान रहेको बताउनु भयो। साथै उहाँले जनताले गरेको योगदान तथा सहिद हरुको सपना हामी कसैलेपनि बिर्सन नहुने समेत बताउनु भयो। उहाले यो अहिलेको संबिधान जनताले चाहेमा २ तिहाइको सहमतिमा जुनसुकै समयमा परिबर्तन गर्न सकिने भएकोले अहिले सम्मकै तथा बिश्वकै उत्कृष्ट संविधान भएको भन्दै आफू देशर जनताकोलागि जस्तोसुकै योगदान दिन तयार रहेको पनि बताउनु भयो।

त्यस्तै उपमेयर दहितले कार्यक्रम सामापनका क्रममा हिजोका दिनमा देश र जमताका लागि लडेर ल्याएको तथा बनाएको संविधान अहिलेको संबिधानले दलित, उत्पिडित, गरिब, पिछडा बर्ग जनताका लागि धेरै अधिकार प्रदान गरेपनि अझकेही कमि रहेको बताउदै आफू देश र जनताका लागि जस्तोसुकै योगदान तथा सहयोग दिन पछि नपर्ने बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...