बिना अक्सिजन १० पटक सगरमाथा चढ्ने हिम चितुवा को निधन

Date:

Share post:

काठमाण्डौं-
अक्सिजन बिना १० पटक सम्म सगरमाथा आरोहण गरेर वर्ल्ड रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल आङृता शेर्पाको ७२ बर्षको उमेरमा हिजो सोमबार बिहान १० बजेर ४० मिनेटमा निधन भएको छ।उनको बुधबार बौद्ध धर्म अनुसार अन्त्यष्टी गरेनेछ।

शेर्पालाइ हिमाल आरोहणमा योगदान दिएको कदर गर्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हिम चितुवाको उपनाम दिएका थिए।




हिम चितुवाले बिना अक्सिजन चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरी लगाएत पाकिस्तानको माउण्ट केटु पनि आरोहण गरेका थिए। सन १९९६ मा १० औं पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेपछी पर्बतारोहण बाट सन्यास लिएका थिए र हाल सम्मपनी उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन।हिम चितुवाले नेपाल सरकारको तर्फबाट त्रीशक्ती पट, गोरखा दक्षिणबाहु जस्ता पदकबाट समेत सम्मानित भएका थिए। त्यस्तै उनले २०४७ देखि २०५० साल सम्म पर्बतारोहण संघको तालिम निर्देशकका रुपमा काम गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...