बर्दिया-
बारबर्दिया नगरपालिका को वडा नं ३ का वडा अध्यक्ष शुर्य बहादुर थारु (कमल)को कोरोना संक्रमणका कारण हिजो बिहान १० बजेर ३० मिनेटमा भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार गराउदा गराउदै मृत्यु भएको छ।

जनयुद्धका महान योद्धा बारबर्दिया नगरपालिका वाड नं ३ बनियाभार निवासी ३९ बर्षिय वाड अध्यक्ष थारुको दुबै फोक्सोमा निमोनियाको संक्रमण देखिएपछि भाद्र २९ गते भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा कोरोना संग लक्षण मिल्दोजुल्दो देखिएपछी PCR परिक्षण गरिएको र ३०गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। वडा अध्यक्ष थारुको मृत्यु संगै बर्दिया जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
जनयुद्धमा नहारेका महान योद्धा वडा अध्यक्ष थारु कोरोना संग हारेपनी हिजोको योगदान सबैले सम्झिरहने छन।खोज नेपाल न्युज परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।