बर्दिया-
यहि असोज ८ गते बसेको बारबर्दिया नगरपालिकाको कोभिड -१९ क्राइसिस मेनेज्मेन्ट सेन्टर(CCMC) को बैठकको निर्णयानुसार बारबर्दिया नगरपालिका क्षेत्रभरी ५ दिन निषेधाज्ञा जारी गरिएको छ।

बारबर्दिया नगरपालिकाले एक अत्यन्त जरुरी सुचना प्रकाशित गरि बारबर्दिया नगरपालिका असोज ९ गते राती १२ बजे देखि १४ गते राती १२ बजेसम्म निषेधाज्ञा सम्बन्धि जानकारी गराएको छ।
उक्त प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा द्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचनामा बारबर्दिया नगरपालिका क्षेत्र भित्र कोभिड-१९ कोरोना भाइरसको संक्रमण दर तिब्ररुपमा बढेका कारण सम्भाबित थप जोखिमलाइ मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाइ कमगर्नका लागि निषेधाज्ञा जारी गर्नुपरेको बताइएको छ। भने निषेधाज्ञा अबधीभर स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, दुग्ध, फोहोरमैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधिपसल, तरकारी आपूर्ति जस्ता अत्यावश्यक सेवाहरु बिहान ७ बजे देखि ९ बजेसम्म संचालन गर्न तथा एम्बुलेन्स, शबबाहन, दमकल, झण्डावाला सवारी र निलो प्लेटका सवारी साधन, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमती(पास) प्राप्त साधनहरु मात्र संचालन गर्न अनुरोध गरिएको छ।
Thanks for shening. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/en/register-person?ref=P9L9FQKY