मन्त्रालय टुक्राएर भागबन्डाको तयारी

Date:

Share post:


काठमाडौं-
नेकपाको सरकारमा हाल २१ वटा मन्त्रालय रहेको भएपनी पुर्ब समूह तथा गुट मिलाउन तीन मन्त्रालय टुक्र्याउन लागिएको छ। ती तीन मन्त्रालय टुक्र्याएपछी २४ वटा मन्त्रालय बन्नेछन। भने अहिलेको संबिधानमा ब्यबस्था भएअनुसार २५ सदस्यीय मन्त्री परिषद भन्दा बढी मन्त्री परिषद बनाउन पाइनेछैन।

टुक्र्याउन लागिएको तीन मन्त्रालयमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय छन। भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर एउटा उद्योग मन्त्रालय र अर्को बाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइदै छ। त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई टुक्र्याइ एउटा उर्जा मन्त्रालय र अर्को सिंचाइ तथा नदि नियन्त्रण मन्त्रालय बनाइदै छ। र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लाई पनि टुक्र्याएर एउटा भौतिक पुर्वाधार मन्त्रालय र अर्को यातायात तथा रेल मन्त्रालय बनाउने कुरामा सत्तारुढ नेकपाका दुबै अध्यक्ष बिच सहमती भएको जनाइएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...