प्रदेश ५ को नाम लुम्बिनी राजधानी भालुबाङ्ग राख्न प्रस्ताव


बुटवल-
प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी. ले हिजो शुक्रबारको बैठकमा प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ्ग रहने गरि प्रस्ताव पेस गरेका छन। प्रदेश सरकारले भालुबाङ्ग क्षेत्रको देउखुरी उपत्यका राप्ती, गढवा र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राजधानी बनाउन प्रस्ताव पेस परेको थियो। यस अघि प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकिएको थियो भने प्रदेश५ को नाम र राजधानी सम्बन्धि पेस गरिएको प्रस्ताव पारित भयोभने भालुबाङ्गको राप्ती नदिकिनारमा रहेको खुला चौर देउखुरी उपत्यका राजधानी बन्ने छ र नाम लुम्बिनी रहनेछ ।

प्रदेश ५ सरकारले प्रदेशको नाम र राजधानी सम्बन्धी प्रस्ताव बारे यहि असोज १९ गतेदेखि छलफल चलाउने भन्दै हिजो शुक्रबार बसेको बैठक स्थगित गरेको छ। भने शनिबार र आइतबार २ दिन नाम र राजधानी संशोधन गर्ने समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
Close
Close