बर्दिया-
जिल्ला प्रहरी कार्यालय बर्दिया अन्तर्गतको इलाका प्रहरी कार्यालय कतर्नियाले हिजो बारबर्दिया नगरपालिका वाड नंम्बर ८ को भगतपुर गाउमा सामाजिक दुरि कायम गरि आम भेला गराइ आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम गरेको छ।
उक्त आत्महत्या सम्बन्धी जनचेतना मुलक कार्यक्रममा बारबर्दिया नगरपालिका अन्तर्गत वार्ड नम्बर ८ का वाड अध्यक्ष हरि प्रसाद भुसल, नेकपा नगर सदस्य सुरेन्द्र देब गिरि, नेपाली कांग्रेस वाड सभापति भोला प्रसाद कडेल, समाजसेवी बिनोद न्यौपाने लगाएत स्थानीय सहभागी थिए भने कार्यक्रम संचालन इलाका प्रहरी कार्यालय कतर्नियाका इन्चार्ज सई भेष लाल बुढाथोकी ले गर्नुभएको थियो।
त्यस्तै आत्महत्या सम्बन्धी सो कार्यक्रममा मन्तब्यका कार्यक्रममा कोहिपनी कुनै समस्यामा परे निर्धक्क सित प्रहरिमा उजुरी गर्न समेत कतर्निया इलाका प्रहरिका इन्चार्ज बुढाथोकिले भन्नुभयो । भने उपस्थित अतिथीहरुले आत्महत्या सम्बन्धी कारण र सो को समाधान का बारेमा सर्बसाधारण लाई जानकारी गराइ आफुहरुले आत्महत्या न्यूनीकरण मा सक्दो सहयोग गर्ने बताउनुभयो।