दुई गाउँ जोड्ने औंरी खोला पुलको प्रदेश सांसद शर्माद्वारा निर्माण कार्य उद्घाटन

Date:

Share post:


चक्र अविरल/ बर्दिया-
बारबर्दिया नगरपालिका अन्तर्गत वाड नंबर ८ को दुई गाँउ औंरी भगतपुर र दुधा जोड्ने पुलको हिजो लुम्बिनी प्रदेश सांसद तिलक शर्मा हिमालले निर्माण कार्यको उद्घाटन गर्नुभयो। उक्त औंरी खोला पुल भगतपुर दुधा रोडको निर्माणकार्य उद्घाटन कार्यक्रममा वाड नंबर ८ का वाड अध्यक्ष हरि प्रसाद भुसाल, प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तिलक शर्मा हिमाल, बिशेष अतिथी बारबर्दिया मेयर दुर्गा बहादुर थारु, अतिथिहरु उप मेयर अन्जु दहित, नगर प्रबक्ता दुर्गा बहादुर बि क, नेकपा नगर अध्यक्ष पदम ढकाल लगाएतको उपस्थित थियो।

४ करोड २९ लाख ४० हजार ८ सय ५४ रुपैया लागतमा निर्माण हुन लागेको उक्त औंरी खोला पुलको सम्झौता २०७७ साल असार २८ गते भएको थियो भने निर्माण सम्पन्न २०७८ पौष ३० सम्ममा गरिसक्नु पर्नेछ। सो पुल निर्माणकार्य उद्घाटनको कार्यक्रममा बोल्दै सांसद शर्माले यश नगरपालिका भित्र अझ ८,१० वटा पुल निर्माण गर्नुपर्ने भएको र ती सबै पुल आफ्नै यसै कार्यकाल भित्र निर्माण गर्न पहल गर्ने बताउनुभयो भने उक्त औंरी खोला पुल निर्माण गर्ने ठेकेदार कम्पनिलाइ समयमै निर्माण कार्य सम्पन्न गर्न समेत सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...