बरपिपल सहकारी संस्थाद्वारा पत्रकार सम्मेलन, न्युज 24 टेलिभिजनका सम्बाददाता जस्तो पितपत्रकारिता नगर्न आग्रह

Date:

Share post:


बर्दिया-
हिजो कार्तिक २२ गते श्री बरपिपल कृषि सहकारी संस्था ले पत्रकार सम्मेलन गरि यहि कार्तिक १५ गते न्युज 24 टेलिभिजनको कल 24 भन्ने कार्यक्रममा प्रसारण भएको ५० लाख घोटाला सम्बन्धि बिषयमा खण्डन गरेको छ। साथै सो पत्रकार सम्मेलनमा न्युज 24 टेलिभिजनका बर्दिया सम्बाददाता ज्योति पन्थी र कल 24 कार्यक्रम कि संचालिका सम्झना भुजेलले जस्तो कसैले आरोप लगाएको र भनेकै भरमा सत्य तथ्य पत्ता नलगाई आफ्नो पत्रकारिता सम्बन्धी आचारसंहिता बिर्सी एकलौटी ढङ्गले प्रसारण गर्ने जस्तो पित पत्रकारिता नगर्न समेत सबैलाइ अनुरोध गरेको छ।

उक्त पत्रकार सम्मेलन कार्यक्रममा परपिपल कृषि सहकारी संस्थाका अध्यक्ष र सचीवले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहिन आरोप र भ्रामक समाचारको पछी लागेर कुनै पनि भ्रममा नपरी यस संस्थासंग रहेको सुमधुर सम्बन्धलाई यथावत रुपमा कायम राखी कारोबार गर्न र गराउनुहुन तथा केही कुनै बिषयमा चित्त नबुझे र संका लागेमा कार्यालय समयमा आइ बुझ्न आफ्ना सदस्य तथा सरोकारवाला हरुलाइ अनुरोध समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...