Asphalt बिधिद्वारा रुपलाल मार्गको कालोपत्रे सुरु

Date:

Share post:


बर्दिया-
बारबर्दिया नगरपालिकाको वाड नं. ८ अन्तर्गत औंरी- जयनगर जोड्ने रुपलाल मार्गको हिजो कालोपत्रे गर्ने कार्यको उद्धघाटन भएको छ। उक्त रुपलाल मार्ग कालोपत्रेको उद्धघाटन बारबर्दिया नगरपालिका का मेयर दुर्गा बहादुर थारु कबिर ले गर्नुभयो भने उद्घघाटन कार्यक्रममा उप मेयर अन्जु दहित, नगरपालिका प्रबक्ता दुर्गा बहादुर बिश्वकर्मा, ८नं वाड अध्यक्ष हरि प्रसाद भुसाल नगरपालिका का प्रशासकिय अधिकृत दशरथ बुढा लगाएत उपस्थित हुनुहुन्थ्यो।

सो रुपलाल मार्गको कालोपत्रे संघीय सरकारको अनुदान र बारबर्दिया नगरपालिकाको साझेदारी लागतमा स्टिमेट रकम २ करोड १९ लाख १९ हजार ४ सय ११ रुपैयाँ ४३ पैसा भएपनी १ करोड ५८ लाख १८ हजार ८ सय २९ रुपैया ९१ पैसा मा सम्पन्न हुनेछ। भने उक्त लागत रकममा हाल ९३५ मिटर लम्बाइ र ५.५ मिटर चौडाइ Asphalt बिधीद्वारा कालोपत्रे हुने सो कालोपत्रे गर्ने जिम्मा पाएका निर्माण व्यावसायि जय धनन्जय कडेल जे भि ले जानकारी गराए।

उक्त रुपलाल मार्गको कालोपत्रे सम्पन्न गर्ने मिति २०७७ साल असार २०गते भएपनी हाल कोभिड १९ बिश्वमहामारीका बाबजुत पनि केही समय ढिला भएको तर गुणस्तरीय र Asphalt बिधिद्वारा कालोपत्रेको काम आजै सम्पन्न हुने निर्माण व्यावसायि निर्मल बुढा क्षेत्रीले बताउनु भयो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...