सुकुम्बासी लगत संकलन तत्काल अघि नवढाए आन्दोलन गर्ने चेतावनि

  • बारबर्दिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सचिबालय सदस्य तथा नगर कमिटि अध्यक्ष पदम ढकालले बारबर्दिया नगरपालिका स्थानिय सरकारले टिनको छाना वितरण र भूमिहीन सुकुम्बासीको पुर्जा वितरणका लागि लगत संकलन कार्य नगरपालिकाले तत्काल नगरे फाटा – फाटा बाट जनता हरु सहित आफुले आन्दोलन गरेर भयपनी उक्त कार्य अगाडी बढाउन बाध्य पार्ने बताउनुभयो।

प्रधानमन्त्री केपी शर्मा ओलिले गुमेको भुमिलाइ समेटेर नक्सा जारी गरि चरणबद्ध रुपमा बार्ता गरेर आफ्नो भुमिलाइ फिर्ता ल्याउने प्रयास गर्दा सरकार ढाल्ने प्रयत्न भारतको इशारामा पटक पटक भइरहेको जानकारी गराउदै यदि भुमी फिर्ता गर्न लागेको केपी शर्मा ओलिको सरकार ढाल्नको लागि सन्सदमा रहेको बहुमतको प्रयोग हुन्छ भने त्यो संसदको बहुमत राख्नु भनेको राष्ट्रिय स्वाधिनता माथी आँच आउनु हो त्यसकारण त्यो संसदको बहुमत राख्नुको कुनैपनी औचित्य नरहेको कुरा उक्त भेलामा जानकारी गराउनुभयो ।

केपि ओलीलाई अबिश्वासको प्रस्ताव पेश गरि संसदबाट केपी ओलिलाई बाहिर राखेर स्वभाविक रुपमा भारतको आशीर्वाद प्राप्त गरेर बनेको सरकार जनताको आशा भरोसा अनि पार्टी प्रतिको जनताको बिस्वासलाई कुल्चियर भारतको इशारामा नाच्ने हुदा संसद विघटन गर्नुपरेको बताउनुभयो

। २०४६ सालको कन्दरा आन्दोलन देखि नै भुमी हिन जनतालाइ पुर्जा बितरन गर्ने योजना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रहेको र हाल बहुमतको सरकारले निर्माण गरेको आयोगले जिल्ला जिल्लामा आयोग गठन गरि पुर्जा बितरणको कार्यक्रमलाई अगाडी बढाउने भनी प्रत्येक नगरपालिका सित सम्झौता गरेको छ । जस अनुरुप नगरपालिकाले आफ्नो क्षेत्र भित्र लगत संकलन गरि त्यस लगतलाइ ब्यवस्थित गरि पठाउने कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।

बारबर्दिया नगरपालिकाले यस कार्यलाई रोक्न आल्टाल गरि ढिला गर्ने खबर सुन्नमा आयको हुदा यदि यस नगरपालिकाले तुरुन्त सुकुम्बासी , दलित सुकुम्बासी र अव्यवस्थित बसोबासिको लागत सन्कलन नगरी पुर्जा प्राप्त गर्ने जनताको अधिकार माथी खेलवाड गरे फाटा- फाटा बाट जनता लाई आन्दोलित गराउने र तेसको नेतृत्व जस्तो सुकै अबरोध आयपनी जनताको हकहितका निम्ति आफुले जुनसुकै अबरोधको सामना गर्न पछि नहटने बताउनुभयो ।

करिब ३०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भयका केन्द्रिय सदस्य श्याम ढकाल , विशिष्ट अतिथि खडक बहादुर खडका र अतिथी जिल्ला समन्वय समिती बर्दियाका उपाध्यक्ष मान बहादुर बिस्ट ,जिल्ला कमिटी सदस्य भक्त बहादुर बिक लगायतले पनि उहाको यस कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयको थियो ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close