फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन, अब थान्कोमा राखिन्छ-प्रधानमन्त्री वलि

Date:

Share post:


काठमाण्डौ-
प्रधानमन्त्री के पि शर्मा वलिले संसद काम गर्न नपाउने अवस्थामा विघटन गरिएको हो। यो फर्कने अवस्था छैन। मुद्दा लड्न पाइयो। मुद्दा लड्ने एउटा कुरा हो। तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरेको हुँ। केही महिनाअघि बोरिस जोनसनले संसद् विघटन गरेर २१ सांसदलाई निम्लबन गरी दुई तिहाई ल्याएका थिए। इजरायलमा पनि यही भएको छ। संसदीय अभ्यास भएका देशमा यो अभ्यास भएको छ भन्नू भएको छ।

त्यस्तै प्रधानमन्त्रीले संसद विघटनको कारण बताउदै हामीले देश अप्ठ्यारोमा पर्यो अनि दलभित्रबाटै कसैलाई थाहा नभई हस्ताक्षर बाकेर कहिले राष्ट्रपति, कहिले कता, कहिले कता पुगेको छ। केन्द्रीय कमिटीको बैठक भनेर सही गराउने अनि पेस गर्न चै अविश्वासको प्रस्ताव र विशेष अधिवेशनका लागि भनेर पेस गर्नुभयो यो झुटो हो। उहाँहरूतिर बहुमत छ भन्नु भएको छ। बैसाख १७ र २७ गते हेरौँ न। हाम्रा युवाहरुलाई यो देशमा अझै बाँच्नु छ। गतल प्रचार र उद्देश्यमा जान दिनु हुँदैन। युवाहरू देशलाई जोगाउने कुरामा सही विचार बोकेर जानुपर्छ। तीन वर्ष पार्टीको पक्षमा बोल्नु भयो। अनुशासनहीन थियो। प्रतिगमनतर्फ तयारी उनीहरूले गरिहरनु भएको थियो। हामीले यसलाई रोक्नु थियो। त्यसैले यो कदम चालेका हौँ। दुई तिहाई भएको पार्टी फुटाउने अनि पुतली सरकार बनाउने उहाँहरुको योजना थियो। सधैँ अस्थिरताको खेलमा देशलाई फसाउने, विकासलाई अवरोध गर्ने मनाशाय उहाँहरुको थियो भन्नुभयो।

अझ प्रधानमन्त्री वलिले प्रचण्ड-नेपाल समुहलाई कटाक्ष गर्दै भन्नुभयो- निर्वाचन आयोगले चुनावको तयारी थालेको छ। जनता ताजा जनादेशका लागि स्वच्छ व्यक्तिलाई मत दिन तयार छ। सशक्त बनाउने गरी मतदान गर्न जनता तयार छन्। उहाँहरुले प्रत्यक्षमा १६५ सिट आउँछ भन्नु भएको छ। धेरै नभनौँ ठिक्क मात्र भन्छु, कमसेकम २ वटा अंकको सिट ल्याएर देखाउनुस वहाँ यो अवस्थामा पुग्नुहुन्न, फर्किनुहुन्छ। हामीले ठाउँ राखेका छौँ। अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन। अब थान्कोमा राखिन्छ। अब गुटबन्दीलाई बिदा गरेका छौँ। अब गुटबन्दी फर्कन दिइँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...