बर्दिया-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम पार्टी विभाजनपछि तटस्थ रहेर पार्टी एकता अभियानमा लाग्नुभएको छ र उपाध्यक्ष गौतमको गृह जिल्लामा पार्टी एकता अभियान सुरु भएको छ । गौतमको गृह जिल्ला बर्दियामा उनी पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी एकताका लागि दबाव दिन अभियान चलाएका छन।

नेकपा उपाध्यक्ष गौतमले पार्टी एकताका लागि दबाव दिन छुट्टै मोर्चा बनाउने चर्चा चलिरहेका बेला हिजो पौष २२ गते उहाँकै गृह जिल्ला बर्दियामा उहाँ पक्षका कार्यकर्ता भेला आयोजना गरिएको छ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा वलि समूह र प्रचण्ड-नेपाल समुहमा विभाजित भएको छ भने गौतम दूवै समूह ओली र प्रचण्ड–माधव मा लागेका छैनन् । बरु आफू निकट कार्यकर्ता छुट्टै भेटवार्ता गर्दै अझै एकता सम्भव भएको अडान लिँदै पार्टी एकताका लागि दबाब दिन अभियान चलाउने बताएका छन।
