सुर्खेत-
आज दाङबाट रिजर्भका लागि सुर्खेतको सल्लिकबजार जाँदै गरेको बस गुर्भाकोट नगरपालिका गराले गौडाबाट भेरी नदीमा खसेको छ भने नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलका स्थानीयले जानकारी दिए ।त्यस्तै स्थानीयले घाइतेकाे उद्दार गरेर उपचारकाे लागि मेहलकुना अस्पताल पठाइएकाे समेत बताए ।
बसमा तीन जना मात्रै सवार रहेको थिए। जसमध्ये एक जना भेरी नदीमा वेपत्ता छन्।बेपत्ताको उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् ।आज भएको दुर्घटनामा बस छिन्छु- जाजरकोट सडक खण्डको सडकबाट करिव तीन सय मिटर तल खसेकाे छ । घटना स्थलका एक स्थानीयले भने बस नम्बर खुलेको छैन्। त्यस्तै घाइते मृतक र वेपत्ताकाे पनि पहिचान खुलेकाे छैन् ।